बाउछोरीको कीर्तिमानी जिब्रो

शनिबार, ३० बैशाख २०७४, १२ : ४३ शुक्रवार , Kathmandu
बाउछोरीको कीर्तिमानी जिब्रो

अमेरिकी शहर न्युयोर्कनिवासी ब्रायन स्लेन्करको जिब्रो चौडा छ । भन्छन्, ‘साथीहरू मेरो जिब्रोलाई आइफोन ६ भन्दै जिस्काउँछन् ।’ उनको जिब्रो ३.३७ इन्च चौडा छ । गिनिज बुक अफ वल्र्ड रेकड्र्सले समेत उनको जिब्रो संसारको सबैभन्दा लामो मानव जिब्रोका रूपमा स्वीकार गरिसकेको छ ।
जिब्रोका चौडाइमा उनलाई चुनौती दिने कतै छैनन् । तर, घरमा स्वयं उनकी छोरी इमिलीले चाहिँ बाबुलाई चुनौती दिइरहेकी छिन् । छोरीको जिब्रो २.८८ इन्च चौडा छ, जुन एटीएम कार्डभन्दा चौडा हो । ‘चौडा जिब्रो बाहिर निकालेर फोटो खिचेर हामी कहिलेकाहीँ सामाजिक सञ्जालमा हाल्ने गर्छौं । बाबुको जिन छोरीमा राम्रोसँग सरेछ भन्दै धेरैले प्रतिक्रिया दिने गर्छन्,’ ब्रायनले भने ।

Leave A Comment