स्वास्थ्यचौकी बनाउँदै याङ्जोम

बिहिबार, ११ जेठ २०७४, ०१ : ३७ शुक्रवार , Kathmandu
स्वास्थ्यचौकी बनाउँदै याङ्जोम

कार्यक्रम उद्घोषणमा व्यस्त रहने याङ्जोम शेर्पा अहिले ताप्लेजुङको घुन्सामा स्वास्थ्यचौकी भवन निर्माण गर्ने अभियानमा छिन् ।
तिब्बतसँग सीमा जोडिएको घुन्सामा सामान्य उपचार गर्न पनि स्वास्थ्यचौकी नहुँदा धेरै जना सुत्केरीको मृत्यु भइसक्यो, त्यसमध्ये एक जना उनै याङ्जोमकी आमा चुङ्गी शेर्पा पनि थिइन् । भोटे, शेर्पाको बसोबास रहेको घुन्सामा स्वास्थ्य समस्याका कारण आमालगायत धेरैले अकालमै ज्यान गुमाएपछि जसरी पनि स्वास्थ्यचौकी निर्माण गर्ने लक्ष्य राखेर अभियान चलाएको उनी बताउँछिन् ।
याङ्जोमकै पहलमा घुन्सामा कञ्चनजंघा बुद्धिस्ट सामाजिक सेवाले स्वास्थ्य इकाई स्थापना गरेर अस्थायी कर्मचारीको व्यवस्था गरिदिएको छ तर भवन नहुँदा स्कुलमा राखिएको छ । जनस्वास्थ्य कार्यालयलाई पटक–पटक आग्रह गर्दा पनि सहयोग नगरेपछि याङ्जोम आफैँ देशविदेशका आफन्त, साथीहरूसँग फेसबुकमार्फत सहयोग जुटाउन लागेकी छिन् । दुई महिनाअघि थालिएको अभियानका क्रममा हालसम्म करिब सात लाख रुपैयाँ संकलन भएको छ । ‘करिब ४० लाख रुपैयाँ चाहिएको छ,’ उनले भनिन्, ‘सबैतिरबाट राम्रो प्रतिक्रिया पाएकी छु, सहयोग जुटाउन सक्छु र मेरो गाउँका मान्छेलाई अकालमा मर्नबाट जोगाउन सक्छु भन्ने विश्वास छ ।’

 

Leave A Comment