पेटभित्र हात

आइतबार, १४ जेठ २०७४, ०५ : ०२ शुक्रवार , Kathmandu
पेटभित्र हात

ब्राजिलका एक जना मेसिन सञ्चालकको हात हिजोआज गोजीभित्र होइन, पेटभित्र छ । डाक्टरहरूले उनको हात पेटभित्र हालेर सिलाइदिएका हुन् ।
ब्राजिलमा प्लास्टिकका सामग्री बनाउने एउटा कम्पनीमा काम गर्ने उनी एक दिन दुर्घटनामा परे । मेसिन चलाउँदाचलाउँदै झुक्किएर उनको हात मेसिनभित्र छि¥यो । मेसिनले किचेर उनको हातका हड्डी र जोर्नी बाहिर निस्कियो । उपचारका लागि उनलाई तत्काल अस्पताल पु¥याइयो ।
डाक्टरहरूले हात काटेर उनलाई बचाउनुपर्ने निष्कर्ष निकाले । तर, उपचार टोलीमा संलग्न डा. बोरिस ब्रान्डाओले नयाँ विकल्प सोचे– किचेको हातलाई इन्फेक्सनबाट जोगाउने र हड्डी तथा छाला रिप्लान्ट गरेर पहिलाकै जस्तो हात बनाउने ।
हातलाई इन्फेक्सनबाट जोगाउन यसलाई शरीरकै अभिन्न अंग बनाउनु अनिवार्य थियो । त्यसपछि उनले पेट चिरेर पेटभित्र बिरामीको हात हालिदिए र सिलाइदिए ।
‘४२ दिनसम्म उनी पेटलाई गोजी सम्झिएर त्यसमै हात हालिबस्नेछन् । त्यस अवधिमा उनका हड्डी र जोर्नीमा नयाँ कोषिकाले जन्म लिनेछन् र उनको हात रिप्लान्ट गरिने छाला र हड्डीलाई स्वीकार गर्न योग्य हुनेछ,’ डा. बोरिसले भने ।

 

Leave A Comment