प्रियंकाले मागिन् माफी

आइतबार, १९ असार २०७३, ०१ : २६ शुक्रवार , Kathmandu
प्रियंकाले मागिन् माफी

बलिउड अभिनेत्री प्रियंका चोपडाले हालसालै बेलायतमा आफू अभिनीत अमेरिकन टीभी सो ‘क्वान्टिको’ सार्वजनिक गरिन् । टीभी सोको प्रमोसनका लागि अहिले उनी  विभिन्न देश घुमिरहेकी छिन् ।
यसै क्रममा उनी केही दिनअघि फ्रान्सको राजधानी पेरिस पुगेकी थिइन् । प्रमोसन कार्यक्रम सकिएपछि सञ्चारमाध्यमसँग सवालजवाफको कार्यक्रम राखिएको थियो । फ्रान्समा आफ्ना फ्यान त्यति नहोलान् भन्ने सोचेर होला, उनी सवालजवाफ कार्यक्रमप्रति त्यति गम्भीर भएकी थिइनन् । वास्तवमा कार्यक्रम नै हुँदैन भन्ने उनलाई लागेको थियो । तर, उनको प्रतीक्षा गर्दै सञ्चारकर्मीसँगै फ्यानहरूसमेत पर्खिएर बसेको थाहा पाएपछि प्रियंकाले उनीहरूसँग माफी मागिन् । 

Leave A Comment