इन्स्टाग्राम स्टार बिराली

बिहिबार, १८ जेठ २०७४, ०१ : ३५ शुक्रवार , Kathmandu
इन्स्टाग्राम स्टार बिराली

राम्रा राम्रा सेल्फि राखेर इन्स्टाग्राममा चर्चा बटुल्ने युवा युवती धेरै छन् । तर सबैलाई माथ गर्दै एकाएक बिरालीको चर्चा आजभोली छाएको छ । जापानी लुगामा सजिएर इन्स्टाग्राममा चर्चित पोथी बिरालीको नाम मारो हो । आफ्नो मालिकसँगै जापानी पोसाक लगाएर खानेकुरा टेबलभरी फिजाएर उभिएकी बिरालीका तस्बिर अहिले इन्टरनेटभरि भाइरल भएका छन् ।
मारो उसका मालिक रिई मत्सुईको इन्स्टाग्राम पेजकै कारण रातारात चर्चा कमाउन सफल भएको हो । मत्सुईको पेजमा ३०० भन्दा धेरै तस्बिरहरुमा ३ वर्षे बिरालीलाई जापानी परम्परागत पोसाक, पुलिस बर्दी लगायतका विभिन्न पोसाकहरूमा सजिएको देख्न पाइन्छ । खानेकुराको पारखी बिरालीका ४०,००० भन्दा धेरै प्mलोवर्स छन् जो उसका मनमोहक तस्बिर देखेर बारम्बार कमेन्ट गरिहन्छन् ।

 

Leave A Comment