फर्निचरको वर्षा

आइतबार, १९ असार २०७३, ०१ : ३९ शुक्रवार , Kathmandu
फर्निचरको वर्षा

पानीको वर्षा हुन्छ । कुनैकुनै ठाउँमा आकाशबाट माछा वर्षा भएको पनि देख्न पाइन्छ । तर, अमेरिकाको मियामी समुद्री किनारछेउको शहरमा आकाशबाट सोफा र कुर्सीको वर्षा भएको छ ।
यसरी वर्षा भएका सोफा–कुर्सी आकाशबाट खसेका भने थिएनन् । सो क्षेत्रमा ठूलो हुरीबतास चलेको थियो । ‘हुरीबतासका कारण वरिपरिका घरका बरन्डा तथा बगैँचामा भएका सोफा, कुर्सी, मेचआदि हुरीले उडाएर माथि पु¥याएको थियो  र निकै पर खसालिदिएको थियो । आकाशतिरबाट मेच, कुर्सी, सोफा आदि धमाधम तलतिर खस्न थालेपछि आतंकको वातावरण सिर्जना भएको थियो,’ समाचारमा भनिएको छ । कुर्सी, मेचको वर्षा हुँुदै गर्दाको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भएको छ ।

Leave A Comment