अभिनयमा राष्ट्रिय खेलाडी

आइतबार, २८ जेठ २०७४, १२ : ४९ शुक्रवार , Kathmandu
अभिनयमा राष्ट्रिय खेलाडी

तेक्वान्दोका राष्ट्रिय खेलाडी झापाका नविन कार्की चलचित्रको पर्दामा देखिने भएका छन् ।
उनले नायकका रूपमा अभिनय गरेको चलचित्र तारेभीर आगामी असार २बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रमा प्रहरी अधिकृतको भूमिकामा अभिनय गरेका कार्की आफ््नो खेल कलासँग सम्बन्धित भएकाले चलचित्रमा अभिनय गरेको बताउँछन् । खेलकूदमा राजनीतिकरण बढेको र राम्रा खेलाडीलाई अवसरबाट बञ्चित गरिने गरिएको गुनासो बढेका बेला कार्की पनि खेलक्षेत्रबाट निरास छन् ।
राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका धेरै खेलमा सहभागी कार्की आपूmलाई सुहाउँदो कथावस्तु भएका चलचित्र पाए आगामी दिनमा पनि अभिनयलाई निरन्तरता दिने पक्षमा छन् । उनी भन्छन् ‘मैले अभिनय गरेको तारेभीर दर्शकले कुन रूपमा लिनु हुन्छ, त्यसपछि आगामी दिनको निर्णय गर्न सजिलो हुन्छ । खेलमा सिकेको कुरा चलचित्रमा लगाउँछु ।’

Leave A Comment