एक अर्काको रगत पिउने ‘पिशाच’ जोडी

सोमबार, २९ जेठ २०७४, १२ : ४६ शुक्रवार , Kathmandu
एक अर्काको रगत पिउने ‘पिशाच’ जोडी

मानिसका सोख पनि कति अचम्मका छन् । चर्चाकै लागि मानिसले अनेक हर्कत गर्ने गर्दछन् । यस्तै एक जोडीले एक अर्काको रगत पिएर चर्चा बटुलेका छन् । हरर मनपराउने ती जोडीले एक अर्काको रगत पिएको बारेको समाचार यतिबेला निकैले पढेका छन् । ३० वर्षीय डेनिस अल्र्बटोले ३ वर्ष अघि इलारिया नामकी २० वर्षे गलफ्रेन्ड फेसबुकमा भेटाएका थिए । एकअर्काको रुचि हरर भएकै कारण आफूहरूकै वाचा अनुसार पिशाचजस्तै एक अर्काको रगत पिएको उनीहरूले बताएका छन् । फिल्म र किताबमा देखिने पिशाचजस्तै उनीहरूले एकअर्काको घाँटी टोकेर रगत चुसेका भने हैनन् । रगत पिउनका लािग उनीहरूले सिरिन्जको सहायता लिएर रगत निकाले । अनि रगतलाई गिलासमा राखेर मज्जाले पिए । ‘रगत पौराणिक रूपमा निकै लाभदायिक शारीरिक रस भएको थाहा थियो । यो हाम्रा लगि जीवन पनि हो’, डेनिसले भने ‘जसरी नव विवाहितहरूले आफ्नो प्रेम दर्शाउन औंठी लगाउँछन् त्यसरी नै हामीले रगत पियौं ।’
डेनिसले आफ्नो सर्कसको लागि असिस्टेन्ट खोजी गर्ने क्रममा इलारियालाई भेटेका थिए । इटालीयन जोडी त्यस समयदेखि सँगै रहँदै आएका छन् । भ्याम्पाएर हरर शोका लागि उनीहरू अहिले जर्मनमा छन् । शोका क्रममा उनीहरू पिशाच बनेर रात्रिकालिन रूपमा रगत चुस्ने प्राणीका रुपमा प्रस्तुत हुन्छन् । इलारियाले डेनिसको निकै रगत पिएको र डेनिसले इलारियाको शरीरलाई ख्याल गर्दै कम मात्रमा रगत पिएको बताएका छन् । जोडीले एकअर्कालाई पिशाच शैलीमा प्रस्तुत गर्न तिखा दाँतको प्रत्यारोण गरेका छन् । पहिला आफू अनुकूलको डेन्टिस्ट नपाउँदा यी जोडी हैरान भएका थिए । तर पछि कुरा मिल्ने डेन्टिस्ट पाए र पिशाच बन्ने सपना पूरा गरे । तर पिशाच बन्नुका बेफाइदा पनि रहेको डेनिस बताउँछन् । गर्मी मौसममा तापक्रम उच्च हुने हुँदा रगत जति सक्यो छिटो पिउनु परेको थियो उनीहरूलाई । यो बाहेक उनीहरूले कपाल रंग्याएका छन् र विचित्रका पोशाक पनि फेरिरहन्छन् । नक्कली दाँतकै कारण उनीहरूलाई स्याऊ नटोक्न डक्टरले सुझाएका छन् ।

 

Leave A Comment