मांंसाहारी बोटबिरुवा

मङ्गलबार, ३० जेठ २०७४, ११ : ३९ शुक्रवार , Kathmandu
मांंसाहारी बोटबिरुवा

रूख–बिरुवाबारे तपाईंहरुलाई बताइरहनु नपर्ला । रूख–बिरुवाबारे सानो कक्षाका विद्यार्थीहरू समेत जानकार छन् । जमिनमा पाइने रूख–बिरुवा पानी र सूर्यको प्रकाशको भरमा बाँच्छन् । तर संसारमा त्यस्ता केही बोट बिरुवा पनि छन्, ती मांसाहारी हुन् । सुन्दा अचम्म लाग्यो होला । जनावर खाने बोट बिरुवा ! तर कुरा साँचो हो । वैज्ञानिकहरूका अनुसार सानातिना किराफट्यांग्रालाई तिनले आहारा बनाउँछन् । सामूहिक रूपमा पिचर प्लान्टका नामले चिनिने ती बनस्पति अस्ट्रेलिया र अमेरिकाको धापिलो जमिनमा पाइन्छन् । ती बिरुवाको समूहलाई कार्निभोरस अथवा इन्सेक्टिभोरस प्लान्ट पनि भनिन्छ । यी बिरुवाले माटोबाट आफूलाई चाहिने खनिज लिन सक्दैनन् । त्यसैले खनिज पाउन किरालाई आफ्नो जालमा पार्छन् । पातको माध्यमबाट यी बिरुवा किरा मारेर पचाउँछन् । सन्ड्यु, भेनस फ्लाई टाप आदि यसका उदाहरण हुन् ।

 

 

Leave A Comment