क्यालेन्डरमा मिस पूर्वाञ्चल

शनिबार, ०३ असार २०७४, ०२ : २३ शुक्रवार , Kathmandu
क्यालेन्डरमा मिस पूर्वाञ्चल

हरेक वर्ष मिस पूर्वाञ्चलका विजेताहरुको फोटो सुट गरी क्यालेन्डर निकाल्दै आएको सिल्भर इन्टरटेन्मेन्टले यस वर्ष चेसुङ क्यालेन्डर सार्वजनिक गरेको छ ।
धरानको दसहरा हलमा आयोजित एक कार्यक्रमा सहायक प्रजिअ मुनका न्यौपाने, गायिका प्राश्ना शाक्य, कोरियोग्राफर प्रशान्त तामाङ, सिजी फुड्सका सिनियर म्यानेजर मनोज झा, मिस पूर्वाञ्चल २०१४ नेमिता आङबुहाङ, मिस पूर्वाञ्चल २०१६ फस्ट रनर अप इक्सा मादेनले संयुक्त रुपमा लोकार्पण गरे ।
मिस पूर्वाञ्चल २०१६  कृतिका गिरि, मिस पूर्वाञ्चल २०१६ फस्ट रनर अप  इक्सा मादेन र मिस फोटोजेनिक २०१६ अस्मिता खड्गीले क्यालेन्डरका लागि फोटो सुट गरेका छन् । धरानका विभिन्न लोकेसनमा खिचिएका फोटोहरु नरेन राईले खिचेका हुन् ।

 

Leave A Comment