सयौं नग्न मोडल

आइतबार, ०४ असार २०७४, ११ : ५० शुक्रवार , Kathmandu
सयौं नग्न मोडल

न्युयोर्कमा सयौं पर्यटकहरुको हुलका कारण धेरै मानिसहरु मुख बाउन बाध्य भएका छन् । कम्तीमा २०० नग्न मोडलहरु टाइम्स स्क्वायरअघि भेला भएर आफ्नो नग्न शरीरमा अनेकौं कुरा पेन्ट गरेर समानताको वकालत गरेका छन् । ‘बडी नोट्स’ नाम दिइएको आर्ट प्रोजेक्टका लागि सयौंको संख्यामा महिला र पुरुष न्युयोर्कमा भेला भएका थिए । मानिसको शरीर र आकारले भावनामा केही फरक नपार्ने उक्त भेलाको निष्कर्ष थियो । त्यहाँ भेला भएका मानिसहरुले कार्यक्रमको अन्त्यमा सामूहिक तस्बिर पनि खिचाएका थिए । सडक कलाकार एन्डी गोलुबका अनुसार मानिसहरुले आफ्नो शरीरमा विभिन्न कुरा लेखेर आफूलाई स्वच्छन्द रुपमा प्रस्तुत गरेका थिए । यो एक प्रकारको कला भएको र मानिसहरुले आफू को हो भन्ने कुरा खुलेर प्रस्तुत भएको त्यहाँ उपस्थित कलाकारहरुको बुझाइ छ । मानिसहरु नलजाई खुला बजारमा यसरी प्रदर्शनमा आउँदा धेरै सञ्चारमाध्यमलाई मसलाको विषय भएको छ ।

 

Leave A Comment