आफ्नै काँचुलीमा कैद सर्प

सोमबार, २० असार २०७३, ०१ : २८ शुक्रवार , Kathmandu
आफ्नै काँचुलीमा कैद सर्प

माकुरा आफैँले बनाएको जालमा फसेको प्रसंग बेलाबेलामा सुन्न पाइन्छ । तर, सर्प आफ्नै काँचुलीभित्र कैद भएको कहिल्यै सुन्नुभएको छ ? एउटा यस्तै रोचक घटना भएको छ ।
सर्प काँचुलीभित्र कैद भएको एउटा भिडियोसम्बन्धी ‘हफिङ्टन पोस्ट’ले बनाएको समाचार अहिले खूब पढिँदै छ । अमेरिकी राज्य क्यालिफोर्नियाको एलायन्स रेप्टायल्स नाम गरेको आरक्षमा बस्ने सर्प आफ्नै काँचुलिभित्र कैद भएको हो । आरक्षले आफ्नो फेसबुक पेजमार्फत भिडियो सार्वजनिक गरेको हो ।
करिब तीन घण्टासम्म सर्प काँचुलीभित्र कैद भएको र अथक प्रयासपछि काँचुली चिरेर बाहिर निस्किन सफल भएको भिडियोमा देख्न पाइन्छ ।

Leave A Comment