महँगो रोबोट शिशु

मङ्गलबार, ०६ असार २०७४, ०१ : २० शुक्रवार , Kathmandu
महँगो रोबोट शिशु

के तपाईं भर्खरै जन्मिएको बच्चाजस्तै देखिने, हातगोडा चलाउनेमात्रै नभई ठ्याक्कै नवजात शिशुजस्तै खेलौना चाहनुहुन्छ ? वा आधा मान्छे आधा सुँगरको छाउरो भएको खेलौना लिनुहुन्छ । यदि हो भने तपाई उत्तरी स्पेन पुग्नुपर्ने हुन्छ । कुरा के भने उत्तरी स्पेनको बिलबाओमा जारी औद्योगिक मेलामा यी र यस्तै सामग्री प्रदर्शनमा राखिएका छन् । यी खेलौनाको उत्पादन स्पेनकै बेबीक्लोनले गरेको हो । यो कम्पनीले खेलौनाका सानातिना थुप्रै सामग्रीहरु उत्पादन गर्दै संकलकहरुलाई बेच्दै आएको छ । प्रदर्शनीमा राखिएका अन्य खेलौना छाडेर सिलिकनको रोबोट शिशुले धेरैको ध्यान खिचेको थियो । रोबोट शिशुलाई ‘रिबन्र्स’ नाम दिइएको छ । सिलिकनका सानातिना खेलौना नै ६०० युरोदेखि महँगा हुन्छन् । अझ मोटर र सेन्सर जडान गरिएका अत्याधुनिक खेलौनाको भने ५००० युरोसम्म पर्छ ।

 

Leave A Comment