संसारकै कुरुप कुकुर

शनिबार, २४ असार २०७४, १२ : ३६ शुक्रवार , Kathmandu
संसारकै कुरुप कुकुर

संसारमा राम्रो र सुन्दर कुराको मात्र चर्चा परिचर्चा हुन्छ तर यतिबेला संसारकै कुरुप कुकुरले सबैको ध्यान आकर्षित गरेको छ । १२५ पाउन्डको मार्था नामक पोथी कुकुरले संसारकै कुरुप प्रतियोगिताको २९ औं संस्करणको शीर्ष उपाधि हालै पाएको हो । न्युएपोलिटन मास्टिफ प्रजातिको यो कुकुर उत्तरी क्यालिफोर्नियाको उक्त प्रतियोगिताको सुरुवातदेखि नै निकै रुचाइएको थियो । कुरुप भएकै कारण उसले १,५०० डलर र ट्रफी पाएको छ । केही समयमै ऊ मिडियाहरु सामु प्रस्तुत हुन न्यूयोर्कको भ्रमणमा जान पाउने छ । मार्थाकी धनी शिर्ले जिन्डलरका अनुसार उसलाई झन्डै दृष्टिविहीन अवस्थामा उद्धार गरिएको र पछि सर्जरीपश्चात् आँखा देख्न सक्ने भएको छ । मार्थाले अन्य १३ कुरुप कुकुरलाई पछि पार्दै कुरुप कुकुरको उपाधि पाएकी हो । ऊसँग टक्कर लिन बूढा र बच्चा उमेरका साना ठूला कुकुर उभिएका थिए । बर्सेनि आयोजना गरिने यस प्रतियोगितामा कुकुरले देखाउने हाउभाउ, अनौठा क्रियाकलाप, व्यक्तित्व र दर्शकहरुको प्रतिक्रियाबाट कुरुपता निर्धारण गरिन्छ ।

Leave A Comment