आफ्नै बहिनीको अपहरण

आइतबार, २५ असार २०७४, १२ : ५४ शुक्रवार , Kathmandu
आफ्नै बहिनीको अपहरण

मिसौरीका २५ वर्षे युवा कनराड कफम्यान आफ्नै बहिनीको अपहरणका कारण जेलको हावा खान बाध्य भएका छन् । कनराडले बहिनीको बिहेको केही दिनअघि उनलाई अपहरण गरेका थिए । पछि रहस्य बुझ्दै जाँदा उनले आफ्नो बहिनीज्वाईं मन नपरेकै कारण अपहरण गरेको खुलेको छ । बहिनी सिन्डी कफम्यानले आफ्ना ब्याइफ्रेन्ड जोन ग्रेबरलाई मोबाइल म्यासेज लेखेर भेट्न चाहेको कनराडले थाहा पाएका थिए । आफूहरु धार्मिक विविधतामा फरक मान्यता राख्ने भएको हुँदा अवरोध आउन सक्नेबारे ग्रेबर पहिले नै सचेत भएर सिन्डीलाई अपनाउनुपर्ने सजगताबारे परिचित गराउँदै आएका थिए । ग्रेबरले सिन्डीलाई भेट्न जेम्सपोर्टबाट राति २ बजे गाडीमा हुँइकेका थिए । तर पछि सिन्डीलाई फोन लगाउँदा सम्पर्क हुन सकेन । ‘म सबै तयारी गरेर ट्रक लोड गरेर हिँडेको थिएँ । फोन नलाग्दा म निकै तनावमा परँे,’ स्थानीय सञ्चार संस्थालाई ग्रेबरले बताए । पछि उनले दुवै जनालाई छुट्टाछुट्टै म्यासेज पठाए । म्यासेजको रेस्पोन्स नगरेमा पुलिसकहाँ समेत जाने उनले म्यासेजमा लेखे । केही समयमै कनराडले ‘माफ गर विबाह रोकियो । म बहिनीलाई निकै टाढा लिएर गएको छु । ऊ अब कहिल्यै देखापर्ने छैन,’ भनेर पठाए । म्यासेज पढेर ग्रेबर छाँगाबाट खसेझैं भएका थिए । कनराडले सिन्डीलाई इलोनोइसमा लगेको र २४ घन्टापछि नै घर फर्किएका थिए । कनराड यतिबेला जघन्य अपहरणको केसमा पुलिसको खोरमा हावा खाँदै बसेका छन् । यति हुँदाहुँदै पनि ग्रेबर र सिन्डी बिहेको तरखरमा व्यस्त छन् ।

 

Leave A Comment