१८ महिने बच्चासँगै भूत

मङ्गलबार, २७ असार २०७४, ०१ : २२ शुक्रवार , Kathmandu
१८ महिने बच्चासँगै भूत

एक्काइसौं शताब्दीमा भूतप्रेतको कुरा गर्नु बुद्धिमानी मानिँदैन किनभने भूत हुन्छ या हुन्न भन्नेबारे वैज्ञानिकहरुबाट ठोस कुरा बाहिर आएको पनि छैन । बेलाबेला समाचारहरुमा आउने भूतका प्रसङ्गले भने सञ्चारमाध्यमलाई मसलाको काम गर्छन् । यस्तै पछिल्लो समाचारमा एकजना आमाले आफ्नो निदाइरहेको दुधे बच्चासँगै भूत फेला पारेको प्रसंगले यतिबेला चर्चा कमाएको छ । बेलायतको प्लेमाउथका लाउरा हेग र डिन इभान्सले आफ्नो १८ महिने छोरा सेबस्टिन इभान्सको सुरक्षार्थ बेबी मनिटर सेट गरेका थिए । केही दिन पहिले उनीहरुले आफ्नो छोराको रखबारी गर्दैगर्दा उनीहरु छाँगाबाट खसेझैं भए । मनिटरमा उनीहरुले छोरासँगै भूत बालक सुतेको फेला देख्दा उनीहरु चकित नपरुन् पनि कसरी ? उक्त भूत बालक सेबस्टिनको कोठा वरपरका सामान हेर्दै रमाइरहेको थियो । श्रीमान् डिनले मनिटरमा देखिएको अस्पष्ट आकृति छोराको पुतली हो भन्ने ठान्दै तुरुन्तै सेबिस्टनसामु पुग्दा त्यहाँ सेबिस्टन मात्र मस्त सुतेका थिए । यता लाउरा मोनिटरमा निगरानीमा थिइन् । डिन त्यहाँ पुगेपछि उक्त भूत बालक मनिटरमा देखिइरहेको थियो तर उसले आफ्नो शारीरिक अवस्थामा भने परिवर्तन ल्याएको थियो । मनिटरमा देखिएको भूत बालक रातिसम्म कतै जाला कि नजाला भन्दै यी दम्पति रातभर निदाउन सकेका थिएनन् । राति साढे एक बजेसम्म त्यो भूत बालक त्यहीँ थियो । केहीपछि मनिटर जाँच्दा उक्त भूत बालक गायब भएको थियो ।

Leave A Comment