बैंकमा बाढी पसेपछि

बिहिबार, १२ साउन २०७४, ०१ : ५६ शुक्रवार , Kathmandu
बैंकमा बाढी पसेपछि

दक्षिणपूर्वी विस्कनसिनको एक बैंकमा बाढी आएसँगै पैसा भिजेका छन् । बुर्लिङटनको फक्सरिभर स्टेट बैंकमा गत साता भारी मात्रामा परेको पानीसँगै बाढी आउँदा त्यहाँ राखिएका नोट भिज्न पुगेका हुन् । उक्त बैंकका सिइओ केथ पोलेकले भने मिडियाले कति नोट भिजे भन्ने प्रश्नको उत्तर दिन चाहेनन् । त्यहाँ रहेका कुनै पनि नोट सद्दे नहुने गरी भिजेको समाचारहरुमा उल्लेख छ । केथ त्यहाँको बैंकले बिग्रिएका सबै नोट साटिदिने बताएका छन् । केथले भनेका छन्, ‘यहीँको फक्स नदीबाट पानी हाम्रो बैंकमा पस्यो । बाढी पसिसकेपछि यहाँ हामीसँग राखेका नोटहरु यताउता बगिरहेका थिए ।’ बाढी आएसँगै बैंकलाई केही दिनका लागि बन्द गरिएको छ । बैंकका सबै सरसामान खानतास र जाँचपड्ताल गरिसकेपछि मात्र बैंक सुचारु गरिने बताइएको छ । बैंक बन्द भएपछि त्यहाँका कर्मचारीहरु जेनेभा तलाउसँगै रहेको बैंकको अर्को ब्रान्चमा सरेर काम गर्न थालेका छन् ।

 

Leave A Comment