कत्रो ट्राउट

शनिबार, १४ साउन २०७४, ०५ : ४२ शुक्रवार
कत्रो ट्राउट

इहाडो निवासी एक माझीले त्यहाँ आजसम्मकै ठूलो ट्राउट माछो फेला पारेका छन् । सिड्नी सेलान नाम भएका ती माझीले उटाहमा रहेको फ्लेमिङ गोर्ज रिजभ्र्वायरमा ४८ इन्चको ट्राउट माछा फेला पारेका हुन् । ५७ पाउन्डको गह्रुँगो  माछो पानीबाहिर निकाल्न आधा घन्टा नै लाग्यो । सेलानले माछा फेला पारेपछि केही तस्बिरहरु खिचाए र उक्त माछालाई तलाउमै छोडिदिए । उनले त्यो माछो अरु कसैले पक्डियोस् भनेर तलाउमा छोडिदिएको बताए । भन्छन्, ‘मैले पक्डेका सबै माछा मार्न थालेँ भने माछाहरुको संख्या कम हुन्छ । अरुलाई पनि माछा मार्ने रहर हुन्छ ।’ ठूलो माछो पक्डिएर र छोडेसँगै सेलान आजसम्मकै ठूलो माछो पक्डने व्यक्ति बनेका छन् । उटाहको वन्यजन्तु डिभिजन स्रोतले उनको तस्बिर फेसबुकमा पोस्ट गर्दै ‘नौलो रेकर्ड ! सोडा स्प्रिंग्सका सिड्नी सेलानले उटाहमा सबैभन्दा ठूलो माछा पक्रन सफल भएका छन्’ भनी लेखेको छ ।

Leave A Comment