बाँदरको बबन्डर

मङ्गलबार, १७ साउन २०७४, १० : १५ शुक्रवार , Kathmandu
बाँदरको बबन्डर

एउटा बाँदरले कस्तोसम्मको बदमासी गर्न सक्ला भनी तपाईंले अनुमान गर्न सक्नुहुन्छ ? एक बाँदरका कारण एक जना होइन, दुई जना होइन हजारौँ कर्मचारीको कामकाज ठप्प भएको छ । कुरा भने जाम्बियाको हो । बबुन प्रजातिको एक बाँदरले पावर स्टेसन रोकावट गरिदिँदा त्यहाँका ५०,००० कर्मचारीहरु ६ घन्टासम्म काम ठप्प गर्न बाध्य भएका थिए । बाँदरले त्यहाँको एक कम्पनीमा रहेको पावर सप्लाई हुने विद्युतीय मेसिन तोडमोड गरिदिँदा हजारौं कर्मचारीहरु अप्ठ्यारोमा परेका थिए । जाम्बियाको दक्षिणी र पश्चिमी प्रान्तका प्रवत्ता हेनरी कपटाका अनुसार बबन्डर मच्चाउने उक्त बाँदरलाई पछि वन्यजन्तु अधिकारीहरुले उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो ।

Leave A Comment