मनमोहक मुसा

शनिबार, २१ साउन २०७४, १२ : २४ शुक्रवार , Kathmandu
मनमोहक मुसा

घरमा मुसा आएर हैरान हुनुहुन्छ ? अथवा मुसाको बिघ्नबाधाले तपाईं आक्रोशित हुनुहुन्छ भने केही छिन शान्त रहेर यो सामग्री पढ्नुहोस् । मुसालाई बदमास प्राणीका रुपमा हेर्ने आम मानिसको बुझाइलाई क्यानडाका ३२ वर्षे फोटोग्राफर डिएनी ओजडमरले चिरेकी छन् । उनले मुसाका मनमोहक तस्बिर खिचाएकी छन् र ती तस्बिर यतिबेला इन्टरनेटमा भाइरल भएका छन् । पक्कै पनि डिएनीका मुसाका तस्बिर हेर्ने जोकोही मुग्ध हुन्छन् र मुसालाई हेर्ने दृष्टिकोणलाई केही हदसम्म परिवर्तन गर्नेछन् । डिएनीले तस्बिरमा उतारेका ती मुसा खासमा अलपत्र अवस्थामा उद्धार गरिएका मुसा हुन् । डिएनीले गत २००८ देखि नै मुसाको तस्बिर लिँदै आएकी थिइन् । यतिबेला उनको अनवरत कामले वाहवाही पाएको छ । डिएनी भन्छिन्, ‘घरबारविहीन अलपत्र मुसाहरुको हेरचाहसँगै उनीहरुलाई हामीले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन उनीहरुको तस्बिर लिन थालेकी हुँ । यी तस्बिरसँगै मानिसमा भएको मुसाप्रतिको भय हट्ने मेरो अनुमान छ ।’ तस्बिरहरुमा मुसालाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । डिएनीसँग यतिबेला १४ मुसा छन् । डिएनी थप्छिन्, ‘मुसा मेरा लागि सानो कुकुर अथवा बिरलो हुन् । उनीहरु स्मार्ट छन् र मायालु पनि ।’ मुसाहरु मायालु हुँदाहुँदै उनीहरुमा बद्मासी गर्ने छुकछुकपना भने रहेको डिएनी स्वीकार्छिन् ।

Leave A Comment