पुटिनलाई उडाइएपछि

आइतबार, २९ साउन २०७४, १० : ५३ शुक्रवार , Kathmandu
पुटिनलाई उडाइएपछि

छुट्टी मनाउने क्रममा खिचिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तस्बिर यतिबेला भाइरल भएर मेमे र ट्रोलमा निकै चर्चित भएको छ । पुटिन अगस्टको सुरुवातदेखि दक्षिणी साइबेरियास्थित समुद्री क्षेत्र छुट्टी मनाइरहेका छन् र त्यस बेला खिचिएको उनको खुला छातीसहितको तस्बिर भाइरल भएर संसारभर पुगेको हो । उक्त तस्बिर सरकारी अधिकारीहरुबाटै गत शुक्रबार सेयर गरिएको थियो । फोटो आएको केही समयमै तस्बिरलाई मेम र ट्रोलमार्फत पुटिनलाई उडाइएको थियो । तस्बिरमा पुटिनसहित रक्षा मन्त्री सर्गेई सोइगु समेत प्रस्तुत भएका थिए । मेम र ट्रोलमा पुटिनलाई आइरन थ्रोन, गेम अफ थ्रोन र अमेरिकी झन्डा समाएको अवस्थामा समेत प्रस्तुत गरिएको छ । केही ट्रोलमा अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पलाई समेत प्रस्तुत गरिएको छ ।

Leave A Comment