अन्टार्कटिकामा बिहे

सोमबार, ३० साउन २०७४, ०३ : ०३ शुक्रवार
अन्टार्कटिकामा बिहे

अन्टार्कटिकामा काम गर्ने दुई जना बेलायती गाइडले आर्कटिक टेरिटरीमा बिहे गर्ने पहिलो जोडी बन्न पुगेका छन् । टम सिल्भेस्टर र जुली बलमे अन्टार्कटिका प्रायद्विपको पश्चिममा रहेको एडिलेड आइल्यान्डस्थित रदेरा रिसर्च स्टेसनमा बिहे गरेका हुन् ।
दुलहीको विवाह पहिरन नै अनौठो थियो किनभने त्यो एउटा पुरानो टेन्टको कपडा च्यातेर बनाइएको थियो । सिल्भेस्टर भन्छन्, ‘अन्टार्कटिका अति सुन्दर ठाउँ छ र यहाँ हामीले रहँदाबस्ता निकै राम्रा र भलाद्मी साथी बनायौँ । विवाह गर्नका लागि यो जत्तिको गतिलो ठाउँ अरु हुनै सक्तैनथ्यो । त्यसैले यहीँ विवाह गरेँ ।’
उनले थपे, ‘म विवाह निकै छोटो मीठो होस् भन्ने चाहन्थेँ तर संसारकै निर्जन ठाउँमा बिहे होला भनेर कल्पेको पनि थिइनँ ।’
दुलही बम भन्छिन्, ‘१० वर्षसम्म टम र मैले सँगै काम ग¥यौँ र संसार पनि घुम्यौँ । अन्टार्कटिकामा बिहे गर्नु चाहिँ हामीले गरेका अनौठा काममध्ये सबैभन्दा अनौठो हो । यो ठाउँ जति सुन्दर छ, हाम्रो वैवाहिक सम्बन्ध उति सुन्दर हुनेछ ।’
विवाहका लागि सिल्भेस्टरले रिसर्च स्टेसनमा भएकै मेसिनमा पित्तलको औँठी बनाएका थिए ।
विवाहमा रिसर्च स्टेसनका २० जना कामदार उपस्थित थिए ।
जुली र टमको दोस्ती भएकै ११ वर्ष भइसक्यो । उनीहरु दुवै अनुभवी पर्वतारोही हुन् भने २०१६ मा ब्रिटिस अन्टार्कटिक सर्भेमा काम गर्नका लागि चुनिएका थिए । उनीहरुले वैज्ञानिक अनुसन्धानका लागि जमिनमुनि गएर सहयोग गर्ने गर्छन् ।
यस ठाउँमा विवाह गर्ने पहिलो व्यक्तिका रुपमा आफूहरु दर्ता भएकामा उनीहरु निकै खुसी देखिन्छन् ।

Leave A Comment