गोल्डेन बुटका दाबेदार

शुक्रबार, २४ असार २०७३, ११ : ४८ शुक्रवार , Kathmandu
गोल्डेन बुटका दाबेदार

फ्रान्समा जारी युरो २०१६ मा सबैभन्दा धेरै गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । क्वार्टरफाइनलका खेल सकिँदासम्म गोल्डेन बुट जित्न सक्ने सम्भावित खेलाडी यी हुन् ।
एन्टोनी ग्रिज्मन, फ्रान्स
गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि छन्, एन्टोनी ग्रिज्मन । उनले अहिलेसम्म सबैभन्दा धेरै चार गोल गरिसकेका छन् । समूह चरणमा एक मात्र गोल गरेका ग्रिज्मनले नकआउट चरणको दुवै खेलमा गोल गरे । प्रिक्वार्टरफाइनलमा आयरल्यान्डलाई २–१ ले हराउँदा दुवै गोल गरेका उनले क्वार्टरफाइनलमा आइसल्यान्डविरुद्ध एक गोल थपेका थिए । समूह चरणअन्तर्गत अल्बानिया विरुद्धको खेलमा पनि ग्रिज्मनले गोल गरेका थिए । ग्रिज्मनले दुइटा गोलका लागि पाससमेत उपलब्ध गराएका थिए ।
दिमित्री पायट, फ्रान्स
युरो सुरु हुनुअघि खासै चर्चामा नरहेका पायटले पनि जारी युरोकपमा तीन गोल गरेका छन् । समूह चरणको  खेलमा र क्वार्टरफाइनलमा आइसल्यान्डविरुद्ध पनि एक गोल गरे । पायटले पनि दुई गोलका लागि सहयोग गरेका छन् ।
ओलिभर जिराउड, फ्रान्स
गोल्डेन बुटको दाबेदारमा अगाडि रहेका अर्का फ्रेन्च खेलाडी हुन्, ओलिभर जिराउड । उनले तीन गोल गरेका छन् । युरोकपको उद्घाटन खेलमा रोमानियाविरुद्ध गोल गरेका उनले क्वार्टरफाइनलमा आइसल्यान्डविरुद्ध दुई गोल गर्दै गोल्डेन बुटको दाबेदारीमा आफूलाई अघि सारेका हुन् । उनले पनि दुई गोलका लागि पास उपलब्ध गराएका छन् ।
ग्यारेथ बेल, वेल्स
वेल्सका ग्यारेज बेलले समूह चरणको तीनवटै खेलमा गोल गरेका थिए । तर, त्यसपछिका दुई खेलमा उनले गोल गर्न सकेका छैनन् । उनले वेल्सलाई सेमिफाइनलसम्म पु¥याउन महŒवपूर्ण प्रदर्शन गर्दै आएका छन् । तीन गोल गरेका उनले एक गोलका लागि पास उपलब्ध गराएका छन् ।

 

 

 

 

 

 

Leave A Comment