चितुवालाई चुम्बन

शनिबार, २५ असार २०७३, १२ : २० शुक्रवार , Kathmandu
चितुवालाई चुम्बन

दक्षिण अफ्रिकाको एउटा जनावर संरक्षण केन्द्रमा जाने जो कोहीले चितुवा र मानिसबीच कुन स्तरसम्म घनिष्ट सम्बन्ध हुन सक्छ भन्ने देख्न पाउँछन् । केन्द्रमा ग्याब्रियल नाम गरेको एउटा चितुवा पालिएको छ । सोही केन्द्रमा वोल्कर नाम गरेका व्यक्ति काम गर्छन् । यी दुई बीचको मित्रता देखेर केन्द्र भ्रमण गर्ने धेरैले आश्चर्य व्यक्त गर्ने गर्छन् ।
यी दुई एकअर्कालाई कसेर आँगालो मार्छन्, अँगालो मारेकै अवस्थामा लडीबुडी गर्छन् । त्यति मात्र होइन, एकअर्कालाई चुम्बन पनि गर्छन् । वोल्करको यति नजिक भएर पनि चितुवाले उसलाई कुनै प्रकारको हानि पु¥याउँदैन ।
‘चितुवाका कारण वोल्करले अहिलेसम्म कुनै प्रकारको खतरा महसुस गर्नुपरेको छैन । चितुवासँगको चुम्बनका कारण वोल्करको छालामा इन्फेक्सन भएको छ । उनीहरू यसरी मिलेको निकै लामो समय भएपछि चितुवाले वोल्करलाई अहिलेसम्म झम्टेको छैन,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment