कुकुर बचाउन खुट्टाको सहारा

मङ्गलबार, २० भदौ २०७४, १० : ०७ शुक्रवार
कुकुर बचाउन खुट्टाको सहारा

मानिसमा मानवता हराएको छैन भन्ने कुराको पछिल्लो उदाहरण मलेसियाली एक युवाको भाइरल भएको भिडियो बनेको छ । कुलोमा डुबेको एक कुकुर बचाउन मलेसियाका एक युवा हत्त न पत्त आफ्नो खुट्टाको प्रयोग गरेका हुन् । पानीमा डुबेको कुकुर बचाएकै कारण उनी अचेल स्थानीय स्टार बनेका छन् । उनको भिडियोलाई संसारभर हेरिँदैछ । नाम नखुलाइएका ती युवा कुलो नजिकै रहेको पर्खालमा सकीनसकी हातलाई आड लगाएर कुकुरलाई खुट्टाको सहायताले पक्रेर पानी बाहिर निकाल्छन् । पानीबाट निकालिएको कुकुरलाई छेउछाउका मानिसहरुले सहयोग गर्छन् । डेली मेलका अनुसार अचेल साहसिक काम गर्ने ती युवालाई नायकको रुपमा चिनिन थालेका छन् । यस घटनाको भिडियो मेलेसियाका सियाकप केलीले फेसबुक पेजमा अपलोड गरेका थिए । अहिले उक्त भिडियो युट्युबमा समेत राखिएको छ ।

 

Leave A Comment