बोल्ड प्रियंका

बिहिबार, २२ भदौ २०७४, १० : १२ शुक्रवार , Kathmandu
बोल्ड प्रियंका

प्रियंका चोपडा भोग इन्डियाको सेप्टम्बर महिनाको लागि आवरणमा आएको बोल्ड आवरण तस्बिरसँगै गमागर्मी छाएको छ । प्रियंका गाढा रातो लिपस्टिक र कालो पोसाकमा सजिएकी छिन् र उनी निकै कामूक देखिन्छन् । तस्बिरमा प्रयोग भएको जालीले तस्बिर थप बोल्ड बनाउन सहयोग गरेको छ । आवरणमा प्रियंकाले जालीलाई कलात्मक रुपले पक्रेकी छिन् । यसो हुँदा प्रियंका बोल्ड देखिन पुगेकी हुन् । उनको पोसाक डिजाइन पनि अरुबेला भन्दा निकै भिन्न र आकर्षक रहेको समाचारहरुमा उल्लेछ । प्रियंकाले केही दिन अघि इन्स्टाग्राामा भोग इन्डियालाई धन्यवाद दिँदै आफू सधैं काममा सफररत हुने र कहिल्यै नरोकिने कुरा लेखेकी छन् ।

Leave A Comment