सडक बालबालिकाको अखबार

आइतबार, २६ असार २०७३, १२ : २७ शुक्रवार , Kathmandu
सडक बालबालिकाको अखबार

सडक बालबालिकाले मागेको देख्दै आउनुभएको छ । तर, तिनै सडक बालबालिका अखबार प्रकाशनजस्तो उद्यममा सक्रिय हुन सक्लान् भन्ने कहिल्यै सोच्नुभएको छ ? भारतमा यस्ता बालबालिकाले साँच्चिकै अखबार प्रकाशन गरिरहेका छन् ।
भारतीय राजधानी नयाँ दिल्लीको गौतम नगरमा केही सडक बालबालिकाले अखबार प्रकाशन गरिरहेका छन् । अखबारको नाम हो– बालकनामा । अखबार बालबालिका केन्द्रित छ । सन् २००३ यता यो अखबार प्रकाशित हुँदै आएको छ ।
भारतीय टीभी च्यानल आज तकको अनलाइन संस्करणले जनाएअनुसार अखबारको मूल्य दुई रुपैयाँ छ । पत्रिकाका संवादाताहरू सडकमै हुर्किएका बच्चा हुन् । ‘आमाबुबा दिनभरि मजदुरी गर्न जाने भएकाले सडकमै हुर्किएका बालबालिकाहरू यो पत्रिकाका संवाददाता छन् । उनीहरू आठ पृष्ठको यो अखबारमा संवाददाता भएर काम गर्छन् । पत्रिका आठ हजार प्रति छापिने र यो भारतका चार राज्यमा वितरण हुने गर्छ,’ समाचारमा भनिएको छ ।

 

 

Leave A Comment