नौला रोचक रेर्कडहरु

सोमबार, ०२ असोज २०७४, ११ : ४२ शुक्रवार , Kathmandu
नौला रोचक रेर्कडहरु

लामा नङ हुनेहरुको पुरानो रेर्कड ताड्दै अयन्ना विलियम्सले लामो नङ हुनेको कीर्तिमान कायम गरेकी छन् । टेक्सासको होउसटनकी विलियम्सका हातका नङको लम्बाई नाप्ने हो भने १८ फिट, १०.९ इन्च पुग्छ । योभन्दा अघि क्रिस द डचेज वाल्टनका १९ फिट, ९ इन्च लामा नङ थिए तर गिनिज बुकमा प्रवत्ताका अनुसार उनले काटेपछि उनको नामको रेर्कड गुमेको थियो । केही दिनअघि सार्वजनिक भएको गिनिज वल्र्ड रेकडर्सको २०१८ को संस्करणमा विलियम्सबारेको जानकारी बाहिर आएको थियो । गिनिज बुकमा दर्ता हुने विलियम्स मात्र होइनन् । सोही गिनिज बुकमा अटाएका केही नौला कीर्तिमानबारे यहाँ प्रस्ततु सामग्री :
सबैभन्दा लामा हातका नङ
होउसटनकी अयन्ना विलियम्सका औलाका प्रत्येक नङको लम्बाई १८ फिट, १०.९ इन्च लामो छ ।
सबैभन्दा लामा परेला
चिनको जियान्सुस्थित चाङजोउका यु जियान्सियाका परेला संसारकै लामा परेलका रुपमा दर्ता भएका छन् । उनका परेल ४.८८ इन्च लामा छन् ।
अग्लो कपालको जुर्रो
लस एन्जेल्सका बेन्नी हार्लेमको कपलाको जुर्रो अहिलेसम्मकै अग्लो जुर्रोका रुपमा आएको छ । उनको टाउकोबाट लिएको नाम अनुसार उनका जुर्रोको लम्बाई ५२ इन्च छ ।
सबैभन्दा पाका बडीबिल्डर
जिम अरिङटन सबैभन्दा पाका बडी बिल्डर हुन् । उनको यस्तो कीर्तिमान २०१३ मा क्यालिफोर्नियाको भेनिस बीचमा भएको व्यवसायिक बडी बिल्डर प्रतियोगितामा कायम भएको थियो । उनी उमेरले ८३ वर्ष, ६ दिनका थिए ।
सबैभन्दा लामो पुच्छर भएको बिरालो
मिचिगनको फर्नडेलको मेने कून प्रजातिको सिग्नस बिरालाको पुच्छर सबैभन्दा लामो पुच्छरका रुपमा दर्ता भएको छ । यसको पुच्छर १८.५८ इन्च लामो छ ।
रेर्कडै रेर्कड
आन्द्रे ओर्टोल्फ धेरैभन्दा धेरै कीर्तिमान कायम गर्ने पुरुषका रुपमा गिनिज बुकको २०१८ को संस्करणमा छाएका छन् । उनले एक मिनेटमा २५२ ग्राम मर्माइट खाएको रेर्कड समेत यसमा समावेश छ । उनको नाममा भएका करिब ६ रेकर्ड गिनिज बुकले सार्वजनिक गरेको छ ।
ठूूलो बाल कार
ब्रिट्स जोएफ बिटमेड र जोन बिटमेडले सबैभन्दा ठूलो बाल कार बनाएर नयाँ कीर्तिमान कायम गरेका छन् । उक्त कार ८ फिट, १०.२ इन्च अग्लो छ ।
मिनेट भरमै कोर्रा हानेर ब्लक हटाउने
अप्रिल चोईले कोर्रा हानेर एक मिनेटमा ४ वटा जेङ्गा ब्लक हटाएर नयाँ कीर्तिमान कायम गर्न सफल भएकी छन् । उनले गत वर्ष सेप्टेम्बर २७ मा इलीनोइसको पिओरियामा एक समारोहका बीच यस्तो कीर्तिमानी प्रदर्शन गरेकी थिइन् । उनले आधा मिनेटमा धेरैभन्दा धेरै अन्डा फुटाएर समेत कीर्तिमान राख्न सफल छिन् ।
छिनभरमै रुबिक क्युब
अस्ट्रेलियाको मेलर्बनका एक विद्यार्थी फेलिक्स जेमडेगले रुबिक क्यबुका धेरैभन्दा धेरै कीर्तिमान कायम गर्न सफल छन् । उनले ४.४३ सेकेन्डमा क्युबको समस्या हल गर्न सक्छन् ।
संसारकै सबैभन्दा गह्रुँगो साइकल
बेल्जियमका जेफ पीटर्सले २०१५ मा सबैभन्दा बढी तौल भएको साइकल बनाएका थिए । सवार गर्न सकिने उक्त साइकल १८९५ पाउन्ड,१५.६ औंसको छ ।
धेरै बेलुन फुलाउने इवेन
 हन्टर इवेन एक घन्टामा ९१० बेलुन फुलाएर एक घन्टामा सबैभन्दा धेरै फुलाउने व्यक्तिका रुपमा विश्व कीर्तिमान कायम राखेका छन् ।
आजसम्मकै अग्लो बिरलो
मिचिगनको अन अर्बोरको आर्कटुरस अल्डेबारान पावर नामको बिरलो आजसम्मकै अग्लो पाल्तु बिरालोको रुपमा गिनज बुकमा छाएको छ । यो बिरलो १९.०५ इन्ज अग्लो छ ।
टेडी बिएरको सबैभन्दा धेरै संग्रह
दक्षिण डाकोटाकस्थित हिल सिटीकी ज्याकी मिलेले ८,०२६ टेडी बिएर संकलन गरेर सबैभन्दा धेरै टेडी बिएरकी धनीका रुपमा आफ्नो नाम गिनिज बुकमा लेखाउन सफल भएकी छन् ।
कृत्रिम हातको कमाल
टयाटु कलाकार जेसी शेइटानको पाखुरामा जोडीएको पहिलो कृत्रिम टयाटु हातसँगै उनी कृत्रिम ट्याटु गन आर्म हुने पहिलो व्यक्तिका रुपमा गिनिज बुकमा छाएका छन् । उनको कृत्रिम हात फ्रान्सको ल्योनका जेएल गोन्जलले बनाइदिएका थिए ।
छोपीएको ठूलो बग्गी
पूर्ण रुपमा छोपीएको बग्गी ४ण् फिट लामो र १२ फिट चौडा छ भने यो २५ फिट अग्लो छ । डेभिड बेन्टलेले २००१ मा बनाएको उक्त बग्गी ओक र स्टीलबाट निर्माण गरिएको छ । बग्गी हाल अमेरिकाको इलिनोइसमा राखिएको छ ।
सबैभन्दा लामा खुट्टा
संसारकै सबैभन्दा अग्ली व्यवसायिक मोडलका रुपमा रुसकी एकतेरिना लिसियानाको नाम आएको छ । उनी २०५.१६ सेन्टिमिटर अग्ली छन् । त्यस्तै लामा खुट्टा भएकी महिलाका रुपमा पनि एकतेरिनाको नाम आएको छ । उनको बायाँ खुट्टा १३२.८ सेन्टिमिटर लामो छ भने दायाँ खुट्टा १३२.२ सेन्टिमिटर लामो छ ।
बलमा रंगका पत्रै पत्र
इन्डियानाको अलेक्सजान्द्रियाका माइकल कारमाइकलले बेसबलमा पोतेको रंगमा कम्तिमा १७,९९४ पत्रहरु छन् । माइकलले श्रीमति ग्लेन्डासँग मिलेर १९७७ देखि प्रत्येक दिन बेस बललाई दुईपटक रंग्याउँदै आएका थिए । २००४ मा नाप्दा उक्त बल ९ फिट १ इन्च चौडा थियो ।
सबैभन्दा धेरै हेरिएको युटुयुब च्यानल
२०१५ मार्च १६ मा सुरु भएको रायन टोयज रिभ्युले सबैभन्दा धेरै हेरिएको युटुब च्यानलका रुपमा गिनिज बुकमा आएको छ । अमेरिकामा जन्मेका ६ वर्षे रायनले आफ्नो च्यानलमा आफै भिडियो राख्छन् । उनले बजारमा आएका नयाँ नयाँ खेलोनाहरुको समिक्षा गर्छन् । मे ४ मा लिइएको उनको युटुब भ्युस १२,०७६,१२६,७९१ थियो । सोही दिन लिइएको अंकमा ७,५४३,८०९ सब्सक्राइबर थिए ।

Leave A Comment