कमालका नाई

शनिबार, ०७ असोज २०७४, ०३ : ४० शुक्रवार
कमालका नाई

पाकिस्तानका एक नाईले कपाल काट्न १५ कैंचीको प्रयोग गर्ने गरेको नौलो खबर आएको छ । उनले एकै पटकमा १५ कैंचीको प्रयोग गरेर कपाल कटाउँदै आएका छन् । ३३ वर्षे सादिक अलि नामका ती पाकिस्तानीको लाहोरमा सानो सैलुन छ । उनको नौलो कटाई शैली थाहा पाएरै उनकोमा कपाल कटाउनेहरुको लामो लाम लाग्छ ।
अलिले डेलीमेलसँग भनेका छन्, ‘मलाई यस्तो अभ्यास गर्न पाँच वर्ष नै लाग्यो । एउटा हातमा १५ कैंची अटाउनु निकै चुनौतीपूर्ण काम थियो । गह्रँुगा कैंची एकैपटक चलाउन निकै सकस पथ्र्यो । तर बिस्तारै मैलै आफूलाई अभ्यस्त पारेँ । धेरै कैंची एकैपटक प्रयोग गर्न ढिलो हुनाले म एकदिनमा २० जना ग्राहक मात्र लिन्छु ।’
डेली मेलमै आएको रिर्पोट अनुसार अलिले १६ कैंची प्रयोग गरेर कपाल कटाएर गिनिज बुकमा नाम लेखाउने सपना देखेका छन् ।

Leave A Comment