१११ वर्षसम्म बाँच्नुको रहस्य

आइतबार, ०८ असोज २०७४, १२ : १८ शुक्रवार
१११ वर्षसम्म बाँच्नुको रहस्य

बेलायतकी सबैभन्दा वृद्धा १११ वर्षकी भइन् । उनले आफू १११ वर्ष बाँच्नुका पछाडि नौलो रहस्य बताएकी छन् । उनको अनुभव पत्याउने हो भने उनी प्रत्येक रात एक सट ह्विस्की पिउँछिन् ।
ग्रेस जोन्स नामकी ती वृद्धले केही दिनअघि १११ औं जन्मदिन मनाएकी थिइन् । उनी आफू २१ वर्षको उमेरमा जस्तो पाउँथिन् अहिले पनि त्यस्तै अनुभव उनी सेयर गर्छिन् । ६० वर्षदेखि उनी लगातार ह्विस्कीको सेवन गर्दै आइरहेको बताउँछिन् । उनी लामो समय बाँच्नुमा ह्विस्कीको सट मात्र नभएर उनको सकारात्मक सोच र कहिल्यै निराश नहुने बानी भएको उनकी ८० वर्षे छोरी डिरडिरे बताउँछिन् । ‘मेरी आमा निकै जीवन्त हुनुहुन्छ र उहाँ जेकुरा पनि चाख मान्नुहुन्छ । उहाँ हिँडडुल गर्न पनि मन पराउनुहुन्छ । उहाँ सधैँ शान्त पनि रहनुहन्छ,’ डिरडिरे भन्छिन् ।
ग्रेस १९०६ मा लिभरपुलमा जन्मेकी थिइन् । टाइटानिक जहाज डुब्दा उनी जन्मिसकेकी थिइन् र प्रथम विश्वयुद्धताका १२ वर्षकी थिइन् । अझ उनी कलाकार स्यामुएल बेकेट र अभिनेत्री मेरी एस्टर जन्मेकै वर्ष जन्मेकी थिइन् । ग्रेस बेलायतका सबैभन्दा पाका मानिसहरुको छैटौँ नम्बरमा पर्छिन् । सबैभन्दा पाको उमेरका भने रोथरहामका बेसी काम हुन् ।
बेलायती इतिहासको १०० वर्ष अनुभव गरेकी ग्रेसले पाँच राज्यतन्त्र र दुई विश्वयुद्धको साक्षी हुन् । उनी आजसम्म २७ घर फेरिसकेकी छन् । उनका श्रीमान लियोनार्ड भने १९८६ मा बितेका थिए । ग्रेसले प्रत्येक रात खाँदै आएको ह्विस्कीको ब्रान्ड टिचर्स हाइल्यान्ड क्रिम हो । उक्त ब्रान्डको ह्विस्की १८८४ मा सुरु भएको थियो त्यो भनेको उनी जन्मेको २२ वर्षअघि मात्र उक्त विस्की बजारमा आएको थियो ।

Leave A Comment