बलवान हजुरआमा

आइतबार, २६ असार २०७३, ०१ : ०९ शुक्रवार , Kathmandu
बलवान हजुरआमा

उमेरसँगै व्यक्तिको बलमा ह्रास आउँछ भन्ने आम मान्यतालाई चुनौती दिइरहेकी छिन्, भारतकी ७६ वर्षीया मीनाक्षी अम्माले । दक्षिण भारतको एउटा पुरानो मार्सल आर्टस फर्म कलरीपयत्तुकी प्रशिक्षकसमेत रहेकी उनी यो उमेरमा पनि मै हुँ भन्ने पहलवानलाई तह लगाउने क्षमता राख्छिन् । लौरो बोकेर गरिने द्वन्द्वको प्रशिक्षकसमेत रहेकी उनी यस विधामा अहिले पनि पहलमानहरूलाई दिनहुँजसो पराजित गरिरहेकी छिन् ।
लाठी फाइटमा उनी विभिन्न पहलवानसँग लडेको र प्रतिद्वन्द्वीमाथि यी हजुरआमा हाबी भएको भिडियो युट्युबमा पनि हेर्न पाइन्छ ।
‘दश वर्षको उमेरदेखि नै मैले मार्सल आर्टस सिक्न सुरु गरेँ । जुन यो उमेरसम्म जारी छ । शारीरिक बल प्रयोग हुने नियमित रूपमा लागेका कारण मैले अहिलेसम्म आफूलाई जवान महसुस गरिरहेकी छु,’ उनले भनिन् ।

 

 

Leave A Comment