महको नाम जुराउने पण्डित

मङ्गलबार, २४ असोज २०७४, १२ : ३१ शुक्रवार
महको नाम जुराउने पण्डित

सुरज खड्का
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘महजोडी’ नाम राखिदिने व्यक्ति राजाराम पौडेल हुन् । काठमाडौँको नक्सालमा जन्मिएका पौडेल सानैदेखि कला क्षेत्रमा जोडिएका थिए । दर्जनौँ नाटकमा अभिनय गरेका पौडेलले अभिनय गरेको पहिलो चलचित्र ‘बासुदेव’ हो । पौडेल अभिनयमा स्थापित हुनुअघि स्वास्थ्य क्षेत्रमा आबद्ध थिए । उनी हेल्थ असिस्टेन्ट थिए ।
मिस्टर नेपाल जीवन
सन् २००० मा मिस्टर नेपालको उपाधि जितेसँगै अभिनय क्षेत्रमा प्रवेश गरेका जीवन लुइटेल सिनेनगरीमा ‘कवि’ हिरोका रुपमा पनि परिचित छन् । स्कुले पढाइमा समेत अब्बल रहेका उनी कक्षा १० सम्म सधैँ पहिलो हुन्थे । उनी सार्वजनिक कार्यक्रममा पुग्दा प्रायः आफूले लेखेका कविता वाचन गर्ने गर्थे । कविता लेख्ने वा वाचन गर्ने मात्रै होइन, केही समयअघि उनले ‘नायक’ शीर्षकमा कवितासंग्रह नै प्रकाशित गरे । त्यसो त लुइटेलको रुचि सञ्चारक्षेत्रमा पनि थियो । उनी न्यूज एंकर बन्न चाहन्थे । र, त्यसको तयारी स्वरुप उनले एभिन्युज टेलिभिजनमा जागिर पनि खाएका थिए । तर टेलिभिजनले उनलाई न्युज एंकरको रुपमा सार्वजनिक गर्न ढिलाइ गरेपछि उनी टेलिभिजनको जागिर छोडेर अभिनयतर्फ लागेका थिए ।
लोक गायक बन्न चाहने संगीतकार
अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेल सुरुवातीकालमा चर्चित लोकगायक बन्न चाहन्थे । त्यसका लागि उनले आफ्नै स्वर, संगीत र शव्दमा एउटा लोकदोहोरी एल्बम समेत सार्वजनिक गरेका थिए । आधुनिक तथा पप गीत गाउनेहरुले लोकगीतका कलाकारलाई गरेको दुव्र्यवहार देखेर उनले बिस्तारै आफूलाई परिवर्तन गर्दै लोक बाहेकका अन्य विधामा हात हाले । गायक बन्ने लक्ष्य भए पनि संगीत सिर्जनामा अब्बल थिए । आफ्नो त्यसै क्षमतालाई चिन्दै संगीत सिर्जनामा लागेका उनी अन्ततः अहिले चर्चित चलचित्र संगीतकारमध्ये एक बन्न सफल भएका छन् ।
ट्याक्सी चालक बन्न चाहन्थे पल
म्युजिक भिडियो हुँदै चलचित्रमा अभिनय गर्न पुगेका पल शाह धेरै संघर्ष गर्दै यो क्षेत्रमा स्थापित बनेका हुन् । सैनिकमा जागिर खान पारिवारिक दबाब भएका कारण उनी सेकेन्ड लेफ्टिनेन्ट बन्न चाहन्थे र यसका लागि दाङबाट काठमाडौँ आएका थिए । तर सेकेन्ड लेफ्टिनेन्ट बन्न उनलाई शैक्षिक योग्यता बाधक बन्यो । एसएलसी मात्रै पास गरेका उनले प्रवीणता प्रमाणपत्र तह पास गर्नु पथ्र्यो र त्यसका लागि उनलाई दुई वर्ष लाग्थ्यो । यो बीचमा उनले काठमाडौँ बस्न दिउँसो कलेज जाने र राती ट्याक्सी चलाउने योजना बनाए । तीन महिनासम्म ट्याक्सी चलाउने तालिम लिएका उनले लाइसेन्सका लागि आवेदनसमेत दिएका थिए । १८ वर्ष उमेर नपुगेकाले सवारी चालक अनुमतिपत्र नपाउने प्रावधानका कारण पलको ट्याक्सी ड्राइभर बन्ने योजनासमेत अपूरो भयो ।
धुर्मुस १७ सय बोकेर काठमाडौँ आएका थिए
सिताराम कट्टेल ‘धुर्मुस’ अहिले सर्वाधिक चर्चित मध्येका एक हास्यकलाकार हुन् । फरक–फरक भूमिका उनले निभाएको भूमिकाले उनी चाँडै दर्शकको मनमा बस्न सफल पनि भए । अझ उनले गरेको पछिल्लो सामाजिक कार्यले उन उनी राष्ट्रिय व्यक्तित्व नै बनेका छन् । तर उनले यहाँसम्म आइपुग्न निकै पापड बेल्नु परेको थियो । उनले सहजै यो स्थान बनाएका होइनन् । झापाको सामान्य पारिवारिक पृष्ठभूमिका उनी एसएलसी पछि उच्च अध्ययन र करियरको खोजीमा काठमाडौँ आए । १७ सय रुपैयाँ बोकेर काठमाडौँ आएका धुर्मुसमा कलाकार बन्ने भूत पनि थियो । र, यसका लागि उनले काठमाडौँमा निकै संघर्ष गरे । यद्यपि उनले अभिनयमा सफलता पाउन सकेनन् । अन्ततः हार मानेर उनी झापा फर्किए । पछि पुनः संघर्ष गर्न भन्दै दोस्रो पटक काठमाडौँ आएका उनी यसपटक भने सफल भए र आज चर्चित कलाकारको रुपमा स्थापित बन्न सफल भए ।
झस्केर होइन, चस्केर
गायक लाक्पा शेर्पाको स्वरमा रहेको गीत ‘झस्केर दुख्छ यो मुटु मेरो’ कुनै समय रेडियो नेपालमा सर्वाधिक बज्ने गीतमा पथ्र्यो । प्रेमध्वज प्रधान, नारायण गोपाल, योगेश वैद्य, तारादेवी लगायतका गायक–गायिकाको दबदबा रहेको समय शेर्पाको यो गीत पनि कम थिएन । गीत रेडियोमा बज्न थालेपछि लामो समयसम्म श्रोताको अनुरोधमा बज्ने गीतहरुमा शेर्पाको गीत पहिलो नम्बरमा पर्न सफल भएको थियो । तर रमाइलो कुरा, यो गीतमा झस्केरको स्थानमा चस्केर थियो तर रेकर्डिङको समय शेर्पाले चस्केर गाउनु पर्नेमा झस्केर गाइदिए । ‘वन टेक’ रेकर्डिङको समयमा एउटा शब्द दोहो¥याउँदा पनि सबै गीत सुरुदेखि नै गाउनु पथ्र्यो र सबै वाद्यवादकले पनि सुरुदेखि नै बाजागाजा बजाउनु पथ्र्यो । त्यसैले पुन रेकर्ड गर्नुको साटो चस्केर गाउनु पर्नेमा झस्केर रेकर्ड भएको गीतलाई नै सार्वजनिक गरिएको हो । गीतमा मदन दीपविमको संगीत र मञ्जु शर्माको शब्द छ ।

Leave A Comment