अनौठो दोस्ती

आइतबार, २९ असोज २०७४, १२ : ०७ शुक्रवार
अनौठो दोस्ती

पेन्सन खाएका एक जापानी वृद्ध र मानिसको जस्तै अनुहार भएको माछाको अनौठौ दोस्तीको खबर सुनेर धेरैजना दंगदास छन् । ७९ वर्षे हिरोयुकी अर्कावा ३० वर्षदेखि सिप्सहेड प्रजातिको कोबुडाई नामको माछासँग नीकट भएका छन् । हिरोयुकीले दक्षिण टोकियोको अन्डरवाटर पार्कमा ५६ गहिराईमा कोबुडाईलाई पहिलोपटक भेटेका थिए । उसबेला दुर्घटनामा परेर आफ्नो खाना आफै खान नसक्ने कोबुडाईलाई हिरोयुकीले १० दिनसम्म लगातार खाना खुवाएर ऊसँग दोस्ती गरेका थिए । यस घटना पछि नै उनीहरु एकअर्काको नीकट भएका हुन् । आजभोली पनि हिरोयुकी दैनिकजसो पार्क पुगेर पानीमा डुबुल्की मार्दै कोबुडाईलाई भेट्छन् । मानिसको अनुहारजस्तै अनुहार भएकी कोबुडाई हिरोयुकीलाई चुम्बन गर्न र धाप मार्न दिनेगर्छे । ‘मैले ऊ घाइते भएको समयमा हेरचाह गरेकै कारण मलाई याद गरिरहन्छे’ ,हिरोयुकी हाँस्दै भन्छन्, ‘ऊ मेरो मुटुमा बसेकी छ ।’

Leave A Comment