विचित्रको बिरालो

सोमबार, २० कार्तिक २०७४, १२ : ११ शुक्रवार
विचित्रको बिरालो

केही सातादेखि सामाजिक सञ्जालहरुमा मानिसको अनुहारसँग मेल खाने सानो जन्तुको फोटो भाइरल भइरहेको छ । समाचारमा आएका फोटोहरु हेर्ने हो भने उक्त प्राणी बिरालोजस्तै देखिन्छ । शरीरमा खासै रौं नभएको उसको मानिसको बच्चाकोजस्तो टाउकोभरि भने निकै रौं देखिन्छन् । विचित्रको उक्त प्राणी मलेसियामा फेला पारिएको बताइएको छ । तर पनि प्रहरी यसबारेमा आएका फोटो र भिडियोबारे केही बोलेको छैन । भिडियो मलेसियाको पश्चिमी भेगको पहाङको भएको बताइएको छ ।
कालो कपाल र गुलाबी शरीरको विचित्रको जन्तुका चार हात खुट्टा छन् । उसका हातका पञ्जा निकै धारिला छन भने प्रत्येक पञ्जामा चार औंला छन् । उसको मुखको बाहिरपट्टी दुई धारिला दाँत पनि निस्किएका छन् । यति हुँदाहुँदै पनि त्यहाँका प्रहरी प्रमुख दाटुक रोस्ली अब्दुल रहमान फोटोहरु साँचो नभएको बताउँदै आएका छन् । भन्छन्, ‘पहाङमा भेटिएको जन्तुको भनिएका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्नुपूर्व इन्टरनेटबाट डाउनलोड गरिएको पाइएको छ । वाइयात जन्तु भेटिएको भनेर आम मानिस आफै बेबकुफ भइरहेका छन् ।’ प्रहरीका अनुसार ती तस्बिर अनलाइनमा पाइने ‘सिलिकन वेरउल्फ बेबी’का हुन् ।

Leave A Comment