एक्लै ‘हनिमुन’मा

बिहिबार, ३० असार २०७३, ११ : ०४ शुक्रवार , Kathmandu
एक्लै ‘हनिमुन’मा

बिहे गरेपछि बेहुली बेहुलाविनै हनिमुनमा गएको अहिलेसम्म सुन्न पाइएको थिएन । तर, पाकिस्तानको लाहोर शहरकी एउटी नवदुलहीले एक्लै हनिमुन मनाउन गएर सबैलाई चकित बनाएकी छिन् ।
हुमा मोबिन नाम गरेकी नवदुलही हनिमुन मनाउन एक्लै ग्रिस पुगेकी हुन् । यद्यपि, रहरले नभई बाध्यताले उनी एक्लै हनिमुनमा गएकी हुन् ।
हुमा र उनका पतिले ग्रिसमा हनिमुन मनाउने योजना बनाएका थिए । यसका लागि उनीहरूले पाकिस्तानस्थित ग्रिसेली दूतावासमा भिसाका लागि आवेदन हालेका थिए । दुर्भाग्य, दूतावासले हुमालाई मात्र भिसा दियो ।
पतिले भिसा नपाए पनि ग्रिसमा हनिमुन मनाउने योजनाबाट हुमा पछि हटिनन् । उनी एक्लै ग्रिस गइन् र समुद्री किनारलगायत ठाउँमा एक्लै घुमिन् । पतिविनै हनिमुन मनाउने क्रममा खिचेका तस्बिर उनले सामाजिक सञ्जालमा अपलोडसमेत गरेकी छिन् ।

Leave A Comment