गाईले मालिक मारेपछि

मङ्गलबार, २१ कार्तिक २०७४, ०१ : २२ शुक्रवार
गाईले मालिक मारेपछि

जर्जियाका एक किसान आफूले पालेका गाइमध्ये एक बहुला गाईका कारण मरेको खबर आएको छ । गाइले नाथन विलियम पेरिसलाई छातिमा हानेर पर्खालमा पुर्याइदिँदा उनको मृत्यु भएको रोम न्यूज ट्रिब्युनले लेखेको छ । ७२ वर्षे नाथनलाई नजिकैका छिमेकीले अचेत अवस्थामा फेला पारेपछि उनलाई अस्पतालको आकस्मिक कक्ष पुर्याइएको थियो । आकस्मिक कक्ष पु¥याइएको केही बखतमै अस्पतालले नाथनको मृत्यु भएको बताएको थियो । ‘लामो समयको अन्तरालपछि आफ्नै पाल्तु जनावरले मालिक मारेको यो पछिल्लो घटना हो ।’ अस्पतालका एक अधिकारीले रोम न्यूज ट्रिब्युनसँग भनेका छन् । नाथनको छातिमा अत्याधिक आघातका कारण मृत्यु भएको समाचारमा उल्लेख छ ।

 

Leave A Comment