कुकुरको कानभित्र ट्रम्प

आइतबार, २६ कार्तिक २०७४, १२ : ३० शुक्रवार
कुकुरको कानभित्र ट्रम्प

एक कुकरप्रेमी महिलाले आफ्नो कुकुरको कानको भित्री भागमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मेल खाने आकृति फेला परेपछि निकै अचम्ममा परेकी छन् । जेड रोबिन्सन नामकी महिलाले आफ्नो बिगल प्रजातिको चिफ नामको कुकुरको कानमा राष्ट्रपतिको आकृति फेला पारेकी हुन् । २५ वर्षे उनले कुकुरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेपछि केही समयमै भाइरल समेत हुन पुगेको छ । ‘जोसँग आफ्नो कुकुरको कानमा ट्रम्प छन्, सबैलाई पीडा हुनेछ,’ ठट्यौली पारामा जेडकी अन्टी जेनी पिन्चेनले भनेकी छन् । जेनीले अमेरिकाको दक्षिणी भूभागमा एक डग केयर सेन्टर सञ्चालन गर्दै आइरहेकी छन् । जेडीकी साथीले चिफको कानको तस्बिर जुम गर्दा राष्ट्रपतिको झल्को आएको भन्दा पनि उनलाई पत्यार लागेको थिएन । जेडी भन्छिन्, ‘मैले करिब २० पटकसम्म हेर्दा पनि तस्बिरमा कुनै आकृति फेला पारिनँ ।’ तर पछि उनी आकृति ठम्याउन सफल भइन् । राष्ट्रपतिजस्तै देखिने आकृति सामाजिक सञ्जालमा राखेपछि जेडीलाई सकारात्मक र नकारात्मक दुवै कमेन्ट आइरहेको समाचारहरुमा उल्लेख छ । जेडी आफ्नो दुई वर्षे कुकुरको रोचक कुरा थाहा पाउँदा निकै खुसी लागेको बताएकी छन् ।

Leave A Comment