ट्याटुले हैरानी

सोमबार, २७ कार्तिक २०७४, १२ : ३८ शुक्रवार
ट्याटुले हैरानी

मानिसहरु आफूलाई राम्रो देखाउन शरीरका विभिन्न भागमा ट्याटु खोपाउँछन् । तर एक महिलालाई आफ्नै ट्याटुले हैरान बनाएको छ । कुकुर निकै मनपराउने एडिले स्मीथ नामकी २८ वर्षे महिलाले आफू किशोरी छँदै १८ वर्षको उमेरमा छातिमा कुकुरको पञ्चा आकारका ट्याटु खोपाएकी थिइन् । उबेला जोशमा आएर ट्याटु खोपाएकी उनलाई आजभोली पुरुषहरुले इन्कार गर्दै आएका छन् । लिचेस्टरकी एडिलेले आफ्नो कुकुर बूढो हुँदै जाँदा आफूसँग धेरैदिन नरहने भन्दै उनले आफूले पालेको आठ वर्षे म्याक्स नाउँको कुकुरको पञ्जाको नापले वक्षस्थलमा ट्याटु खोपाएकी थिइन् । उनको वक्षस्थल देखेरै पुरुषहरु उनीप्रति आकर्षित हुन छाडेका छन् । वक्षस्थलमा ट्याटु भएकै कारण उनी धेरैपटक अपमानित समेत हुँदै आइरहेकी छन् । १० वर्षदेखि उनी आफ्नो यौन जीवन समेत राम्ररी नचल्नुको पछाडी त्यही ट्याटु रहेको उनी बताउँछिन् । भन्छिन्, ‘मानिसहरु मलाई हेर्न पनि चाहन्नन् र मसँग कुरा पनि गर्दैनन् । यो सबै मेरो वक्षस्थलकै कारण हो । कुकुरको सम्झनामा बनाएको ट्याटुले मलाई हरदिन पिरोलिरहन्छ ।’ मानिसहरु आफ्नो ट्याटु हेर्ने तर आफूलाई हेर्दै नहेर्ने गरेको बताउँछिन् । अब आफूलाई दिनदिनैको झन्झटबाट छुटकारका पाउन उनले लेजर प्रविधिमार्फत ट्याटु हटाउने बताएकी छन् । तर उनलाई ट्याटु खोपेको भन्दा निकै ठूलो रकम ट्याटु हटाउन चाहिने भएको छ ।

Leave A Comment