नांगा शरीरमा पेन्टिङ

बिहिबार, ३० असार २०७३, ११ : ५२ शुक्रवार , Kathmandu
नांगा शरीरमा पेन्टिङ

नग्न व्यक्तिलाई पेन्टिङमा जीवन्त उतार्ने गरेको प्रशस्तै देख्न पाइन्छ । तर, अमेरिकी शहर न्युयोर्कमा गत साता सयौँ व्यक्तिको नग्न शरीरमा पेन्टिङ गर्ने काम भयो ।
सयजना मानिस गत साता न्युयोर्कमा भेला भए । उनीहरू फटाफट आफ्ना कपडा खोलेर नांगिए । कलाकारहरूले उनीहरूका शरीमा अनेक रङ पोते र जीवन्त पेन्टिङ बनाए । यसरी सयजना नग्न मानिसका शरीरमा पेन्टिङ बनाउने काम सफलतापूर्वक सम्पन्न भयो ।
पेन्टरहरूले नग्न शरीरलाई क्यान्भास बनाएर पेन्टिङ गरेको समाचार संसारभरिका सञ्चारमाध्यमले दिएका छन् । न्युयोर्क शहरअगाडि रहेको एउटा प्लाजाको प्रांगणमा यसरी शरीरमा पेन्टिङ गर्ने कार्यक्रम आयोजना गरिएको थियो । न्युयोर्कमा सार्वजनिक ठाउँमा नांगिनुलाई गैरकानुनी मानिँदैन । यस्तो कानुनी व्यवस्थाको लाभ उठाउँदै कलाका पारखीहरूले सार्वजनिक रूपमै नांगिएर शरीरमा चित्र कोराएको समाचारमा उल्लेख छ ।

Leave A Comment