तस्कर पक्रन चिलको प्रयोग

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : ०३ शुक्रवार
तस्कर पक्रन चिलको प्रयोग

चिललाई तस्करहरुको ड्रोन पक्रन हल्यान्ड प्रहरीले प्रयोग गर्दै आइरहेको छ । अबको केही महिनामै बेलायती प्रहरी अधिकारीहरुले पनि तस्करी एवं आपराधिक क्रियाकलाप गर्न प्रयोग जथाभावी रुपमा उडाइने ड्रोनलाई प्रयोग गर्न पाउनेछन् ।
हल्यान्डमा ड्रोनलाई कैदीहरु सामु लागू औषध, हातहतियार र मोबाइल ओसार पसार गर्न प्रयोग गरिँदै आइएको पाइएको थियो । त्यहाँका प्रहरी अधिकारीहरुले पाँच दिनमा एकपटक यस्ता प्रकारका ड्रोन पक्रँदै आइरहेका थिए । बेलायतका कारागार मन्त्री साम गिमेह भन्छन्, ‘हल्यान्डमा चिलको सहयोगमा ड्रोन प्रक्रन सफल भएका छन् । हामी पनि अब छिट्टै चिलको सहयोगमा हाम्रो समस्याको हल गर्न पाउनेछौँ । डच प्रहरीले सन् २०१५ देखि तालिम प्राप्त चिललाई यस्तो कामका लागि प्रयोग गर्दै आइरहेको छ । त्यहाँका कम्तीमा १०० अधिकारीहरुले चिललाई यसरी काम गराउँदै आइरहेका छन् ।
प्रवक्ता डेनस जानुस भन्छन्, ‘हाई–टेक आपराधिक क्रियाकलाप रोक्न यो लोटेक प्रविधि निकै सहुलियत छ । यस्तो काममा कुनै चिल घाइते भएका छैनन् र कुनै पनि ड्रोन बच्न सफल भएका छैनन् । नयाँ ड्रोन कानुन आएसँगै कसैले पनि ४०० फिट माथि र विमानस्थल वरपर ड्रोनको प्रयोग गर्न पाउने छैनन् । अझ उनीहरुले यस्तो काम गर्न सर्तकता अपनाउनुपर्ने तालिम र भिडन्तका लागि एप्सको प्रयोग गर्नेछन् ।

Leave A Comment