बालआश्रमलाई गायिकाको सहयोग

बिहिबार, ०६ जेठ २०७३, ०२ : ५३
बालआश्रमलाई गायिकाको सहयोग

नयाँ वर्ष २०७३ को अवसरमा असहाय बालबालिकाको सहयोगार्थ गायिका हर्षु राईको एकल सांगीतिक प्रस्तुति ‘शुभकामना सांगीतिक साँझ २०७३’ सम्पन्न भएको छ ।

सांगीतिक कार्यक्रमबाट संकलन भएको नगद २५ हजार आश्रमकी अध्यक्ष अम्बिका राईलाई गायिका राईले कार्यक्रममै हस्तान्तरण गरिन् । सुरसाज संगीत विद्यालयको आयोजनामा भएको कार्यक्रममा हर्षुले नयाँ पुराना आधा दर्जन गीत गाइन् । उनलाई गायक विनोद खम्बू, नवराम राई र वसन्त राईले गायनमा साथ दिए ।
सैनिक भवनमा आयोजित कार्यक्रममा रोशन राईले नृत्य प्रस्तुत गरे । कार्यक्रममा गायिका राईको तेस्रो एल्बम ‘ सयौँ जुनी’ कलाकार प्रेम सुब्बाले विमोचन गरेका थिए ।

Leave A Comment