प्रयांकले झन्डै लिएन ज्यान

सोमबार, ०३ पुष २०७४, ०१ : ५३ शुक्रवार
प्रयांकले झन्डै लिएन ज्यान

युटुब प्रयांक गर्दा गल्ति भएर एक युवकको झन्डैले ज्यान बचेको छ । युटुबमा प्रयांक गर्न एक युवाले माइक्रोवेभमा टाउको राखेका थिए । तर गल्ति भएर उनको टाउको माइक्रोवेभमै अड्कियो । समस्यामा परेका उनलाई उद्धार गर्न अग्नि नियन्त्रक र डाक्टरहरु समेत आएका थिए । अनौठा क्रियाकलाप गरेर दर्शक रिझाउन उनले माइक्रोवेभमा टाउको घुसाएका थिए । अझ उनले माइक्रोवेभमा सिमेन्ट राखेर टाउको प्लास्टर गर्न पुगेका थिए । अनौठो स्टन्टबाजी गर्दा उनको झन्डैले ज्यान गएको थियो ।
पोलीफिलाको मिक्सचर उनको टाउकोमा कल्पना नगर्दै एकछिनमै सुकेका कारण उनको टाउको फस्न पुगेको थियो । टाउको जाम हुँदा उनले नब्बे मिनेटसम्म टाउकोमा माइक्रोवेभसहित बस्नु परेको थियो । साथीको टाउको फसेपछि उनका साथीहरुले सहयोग माग्दै एम्बुलेन्स बोलाएका थिए । फोर्डहाउसस्थित उनको घरको ग्यारेजमा अग्निनियन्त्रकहरुले एक घन्टा लगाएर पनि उनको टाउकोको माइक्रोवेभ हटाउन नसकेपछि प्राविधिक उद्धारकर्मीलाई गुहार्न बाध्य भएका थिए । प्राविधिक उद्धारकहरुले माइक्रोवेभका पेज फुकालेर उनको टाउकोलाई सकुशल छुटकारा दिएका थिए । कमान्डर शौन डाकिन भन्छन्, ‘हेर्दा रमाइलो लागे पनि उनको यस्तो क्रियाकलापले विभत्स घटना सिर्जित हुन सक्थ्यो । उनी सास अड्केर अथवा घाइते भएरै मर्न पनि सक्थे ।’

Leave A Comment