नग्नहरुको रेस्टुराँ

सोमबार, ०३ पुष २०७४, ०१ : ५५ शुक्रवार
नग्नहरुको रेस्टुराँ

फ्रान्समा नग्नहरुको रेस्टुराँ खुलेसँगै त्यसको चर्चापरिचर्चा हुन थालेको छ । फ्रान्सको राजधानीमा खुलेको नग्न रेस्टुराँमा बफे डिनरमा सहभागी हुन चाहने जाकोही जान सक्छ । नग्नहरुको यो रेस्टुराँ युरोपमा पहिलो भने हैन । गत वर्ष लण्डनमा समेत यस्तै रेस्टुराँ सञ्चालमा ल्याइँदा सकारात्मक एवं नकारात्मक दुवैथरिका प्रतिक्रिया आएको थियो ।
पेसिमा खुलेको ओ’नेचुरेल नामको उक्त रेस्टुराँका सञ्चालक भने पूर्व इन्सुरेन्स सेल्स्म्यान माइक र स्टेफिन साडा हुन् । उनीहरुको गजबको दिमागकै कारण व्यापार गर्ने अनौठो रणनीति बमोजिम नग्नहरुको रेस्टुराँ खोलेको बताइन्छ । ओ’नेचुरल डिनरका लागि मात्र खोलिएको रेस्टुराँ हो र त्यहाँ जानेहरुले पहिले नै रिजर्भ गनुपर्ने हुन्छ । रेस्टुराँको मेनुमा लोबस्टर, फोई ग्रास र स्नेल्स लगायतका परम्परागत फ्रेन्ज परिकारहरु छन् । थ्रि कोर्स मेनुको मूल्य झन्डै ६० डलर तय गरिएको छ । बाहिरका मानिसहरुले भित्रि माहोल नदेखुन् भनेर ठूलो सेतो पर्दा टाँगिएको छ ।
रेस्टुराँको रोचक पक्ष भनेकै नग्न रुपमा भोजनमा सम्मिलित हुनु हो । भोजन गर्ने सबैजनाले आफ्ना पोसकहरु ¥याकमा राख्ने व्यस्था मिलाइएको छ । उनीहरुलाई चप्पल मात्र दिइन्छ । महिलाहरुका हकमा भने उनीहरुलाई हिल लगाउन छुट दिइएको छ । डिनरका लागि यसरी नग्न रुपमा भोजन गर्न पाउँदा फ्रान्सका प्रकृतिप्रेमीहरु हर्षित छन् । यसबाहेक जापानको टोकियो र अस्ट्रेलियाको मेलबर्नमा नग्नहरुको रेस्टुराँ सञ्चालनमा छन् ।

Leave A Comment