रौँको पहिरन

शनिबार, ०१ साउन २०७३, ०२ : ०३ शुक्रवार , Kathmandu
रौँको पहिरन

बेलायतकी एउटी महिलाले गुप्तांग वरिपरिका रौँबाट पहिरन डिजाइन गरेकी छिन् । पपगायिका लेडी गागाले कुनै समय मासुबाट बनेको पहिरन लगाएपछि यसले खूब चर्चा पाएको थियो । त्यसैको सिको गर्दै सारा लुइस ब्रायनले गुप्तांग वरिपरिका रौँ खौरेर जम्मा गरेको रौँबाट कपडा बनाएकी हुन् ।
उनले आफ्नो ट्वीटर पेजमार्फत गुप्तांग वरपरका रौँ दान गर्न आह्वान गरेकी थिइन् । त्यसपछि धेरै मानिसले त्यस्तो रौँ उनलाई उपलब्ध गराएका थिए । त्यसमा आफ्ना रौँसमेत थपेर उनले कपडा डिजाइन गरेकी हुन् ।
‘संसारकै पृथक् र घिन मान्नुपर्ने खालको पहिरन डिजाइनर बन्ने मेरो उहिल्यैदेखिको धोको थियो । अहिले आएर त्यो धोको पूरा भएको छ,’ उनले भनिन् ।
पहिरनमा पुरुषको रौँ बढी रहेको उनले बताइन् । ‘पहिरनमा मैले खैरा र काला दुवै खालका रौँ प्रयोग गरेकी छु  । यो अन्य पहिरनभन्दा भिन्न छ,’ उनले भनिन् । थुप्रै शुभचिन्तकले खामबन्दी गरेर रौँ पठाएकाले गुप्तांगका रौँबाट पहिरन बनाउने आफ्नो सपना साकार भएको उनले बताइन् ।

 

Leave A Comment