जस्टिन बिबरको सेक्स डल

शुक्रबार, ०७ पुष २०७४, १० : १० शुक्रवार
जस्टिन बिबरको सेक्स डल

युवापुस्तामाझ लोकप्रिय अमेरिकी गायक जस्टिन बिबरको सेक्स डल बनाइएको छ । सुन्दर रूपमा धनी जस्टिनको प्रतिभा बनाएर सेक्स डलका रूपमा क्रिसमसका लागि बिक्रीमा राखिने भएको हो । जस्टिन बिबरजस्तै देखिने हट्टाकट्टा पुरुषको सेक्स डल बजारमा आएसँगै त्यसको माग निकै भएको छ र धमाधम बिक्री पनि हुन थालेको छ । अझ रोचक त के छ भने उक्त सेक्स डलको लिंगको आकार पनि ग्राहकहरूले आफू खुसी छान्न पाउनेछन् ।

पाँच फिट २ इन्च अग्लो जस्टिनको सेक्स डललाई अलिएक्सप्रेस अनलाइनले बिक्री गरिरहेको ‘द सन’ले उल्लेख गरेको छ । आधिकारिक रूपमा जस्टिन बिबरको सेक्स डल नरहेको बताइए पनि उक्त सेक्स डलमा जस्टिनको स्वभाव र आकृति फेला पार्न सकिने बताइएको छ । जस्टिनका फ्यानलाई भने सेक्स डल निकै महँगो पर्ने भएको छ । सिलिकनले बनेको उक्त सेक्स डलको बजार मूल्य एक हजार स्टर्लिंग पाउन्ड रहेको छ । अत्याधुनिक मेडिकल थर्मोप्लास्टिक र फलामको संरचनाले बनेको उक्त सेक्स डललाई आफूअनुकूलको यौन आसनमा राख्न सकिने छ ।

Leave A Comment