कमालका मोहम्मद

शुक्रबार, ०७ पुष २०७४, १० : १२ शुक्रवार
कमालका मोहम्मद

एक किशोरले १८० डिग्रीमा टाउको घुमाउन सक्छन् भन्दा तपाईंलाई पत्याउनै मुश्किल पर्ला । तर यो कुरा भने साँचो हो । पाकिस्तानको कराचीका मोहम्मद समीरले आफ्नो हातको सहारामा टाउकोलाई परक्कै पछाडि फर्काउन सक्छन् र अगाडि फर्किएरै पछाडिको दृश्य देख्न सक्छन् । आफ्नो यस्तो अद्भूत कौशलकै कारण उनी छिट्टै हलिउड फिल्ममा छाउने डेली मेल युकेले लेखेको छ ।

पाकिस्तानका १४ वर्षे मोहम्मदलाई उनको यस्तै कौशलका कारण ‘मानव उल्लू’ भनेर चिनिन थालिएको छ । टाउको घुमाउन लचकता ल्याउन निकै मिहिनेत गरेको मोहम्मद बताउँछन् । भन्छन्, ‘म त्यस्तै छ’, सात वर्षको हुँदा एक हलिउड हरर फिल्ममा अभिनेताले टाउको घुमाएर पछाडिको दृश्य हेरेको देखेको थिएँ । त्यो देखेरै मैले अभ्यास गर्न थालेँ र केही महिनामै सफल पनि भएँ ।’

अभ्यास गर्दाको नराम्रो क्षण सम्झँदै मोहम्मद भन्छन्, ‘मेरो अभ्यास देखेर मलाई आमाले पिट्नु पनि भयो । तर यो मलाई प्राकृतिक रूपमा मिलेको कला लाग्यो र झन् मिहिनेत गर्न थालेँ ।’ मोहम्मदको सपना हलिउडका हरर फिल्म गर्नेछ । आफ्नो सपना पूरा गर्नकै लागि उनले पढाइ पनि छाडेका छन् र एक नृत्यको समूहमा लागेर नृत्यसमेत गर्दै आइरहेका छन् । मोहम्मदकी आमा रुक्शना भन्छिन्, ‘मैले छोरो पढोस् र नाम कमाओस् भन्ने चाहन्थेँ तर उसको भाग्यमा यस्तै लेखेको रहेछ ।’

कराँचीमा आफूले नृत्य प्रस्तुत गरेबापत मोहम्मदले पाँच सयदेखि आठ सय भारु कमाउँदै आएका छन् । नृत्यबारे मोहम्मद भन्छन्, ‘मैले यसरी काम गर्दा परिवारलाई सहयोग मिल्छ । म मेरा चार बहिनीको पढाइ टुटेको हेर्न चाहन्नँ,’ उनी थप्छन्, ‘म मेरो नृत्य कौशल बढाउन लागि परेको छु । जिम्नास्टिक र एक्टिङ पनि मिलाएर सिक्दै आइरहेको छु । यति गरेपछि भविष्यमा कसो काम नपाइएला । केही पछि ठूलो पर्दामा काम गर्ने मेरो सपना छ ।’

Leave A Comment