विचित्रको पत्र मञ्जुषा

बिहिबार, १३ पुष २०७४, १२ : ३१ शुक्रवार
विचित्रको पत्र मञ्जुषा

तीन महिना अघि २१ वर्षीया मेर्ली ह्वाइटसेल फ्लोरिडाको विन्टर पार्कमा सरेकी थिइन् । विन्टर पार्क पुगेको एक हप्तामै उनको नजर छिमेकीको पत्र मञ्जुषाले तान्यो । छिमेकीको पत्र मञ्जुषाको आकार समुद्री प्राणी मेनेटीजस्तो देखिन्थ्यो । अर्कोदिन पानी पर्यो । पानी परेको बखत पत्र मञ्जुषालाई नजिकबाट नियाल्दा त्यसमा रेनकोट ओइढाएको पाइन् ।

पत्र मञ्जुषाले विचित्रको पहिरन पहिरेको देखेर अचम्म मानेकी व्हाइटसेलले त्यसको तस्बिर लिइन् । केही पछि बिदाहरुमा पत्र मञ्जुषाले भिन्दाभिन्दै पोसाक लगाएको पाइन् । आफ्ना छिमेकीबारे बोल्दै ह्वाइसेल भन्छिन्, ‘मैले व्यक्तिगतरुपमा उनलाई भेटेको छैन । म आएको धेरै समय नभएकोले मैले भेट्न सकेकी छैन तर मेरा रुममेटहरुका अनुसार ती छिमेकीले वर्षौंदेखि पत्र मञ्जुषालाई थरिथरिका पोसाकहरु लगाइदिँदै आइरहेका छन् ।’

विचित्रको पत्र मञ्जुषाकी प्रशंसक बनेकी ह्वाइटसेलले पोसाक बदलिएका पत्र मञ्जुषाका तस्बिरहरु खिचाउँदै आइरहेकी छन् । उनी भन्छिन्, ‘पहिलो नजरमै म पत्र मञ्जुषाप्रति आकर्षित भएँ । फोटो खिचेर तुरुन्तै साथीलाई पठाएकी थिएँ ।’ साथीहरुले रमाइलो मानेपछि उनले गत साता केही तस्बिरहरु राखेर ट्वीटरमा पोस्ट गरेकी थिइन् । छिट्टै भाइरल भएको उनको पोस्टमा ३८ हजार लाइक र १३ हजार रिट्वीट आइसकेको छ ।
‘मानिसहरु उसलाई हेर्न एकछिन टक्क नअडिएको दिन नै हुँदैन,’ विचित्रको पत्र मञ्जुषाका धनी केथ गिल भन्छन्, ‘अझ कतिपय मानिसहरु पत्र मञ्जुषाले कस्तो पहिरन लगाएको छ भनेर घन्टौं हिँडेर आउने समेत हुन्छन् ।’

Leave A Comment