जंगलमा प्रकृतिमैत्री फेसन शो

बिहिबार, १३ पुष २०७४, ०१ : ४४ राेहित रार्इ
जंगलमा प्रकृतिमैत्री फेसन शो

वरिपरि रूख, बीचमा दक्षिणबाट उत्तर फर्किएको स्टेज । लाइट पुगेको ठाउँबाहेक अन्यत्र निष्पट अँध्यारो । सम्साँझै बन्द भइसक्ने धरान ८ स्थित यलम्बर सामुदायिक वनको गेट गएको शुक्रबार (पुस ७ गते) भने राति अबेरसम्म खुला थियो  जबकि अरू समय भने त्यतिखेर सुनसान हुन्थ्यो ।

यलम्बर वन समूहलाई यलम्बर पार्क पनि भनिन्छ । यो वन पूर्वमा गठन भएको पहिलो सामुदायिक वन हो भने पर्यापर्यटन (इको टुरिज्म) को अभ्यास गर्ने नेपालकै पहिलो नमुना वन समूह पनि हो । यही वन क्षेत्रमा गएको शुक्रबार हिपस्टर फेसन शो भयो । खुला आकाशमुनि, पुसको जाडोमा त्यो पनि जंगलभित्रको फेसन शो । नियमितजसो फेसन शो भइरहने धरानका लागि पनि लोकेसन अचम्मित तुल्याउने खालेको थियो । फेसन शो भन्ने बित्तिकै भव्य होटलको हलमा बनाइएको खर्चालु स्टेजमा मोडलहरु र्याम्प वक गर्छन् । यहाँ भने प्रकृतिमैत्री कार्यक्रमस्थल र स्टेज थियो, हेर्दै अनौठो लाग्ने ।

धरानका सेलिब्रेटी, समाजसेवी, व्यापारी, युवा, बालबालिका सबै जंगलमा भेला भएका थिए । यसको कारण थियो, जंगलमा हुने फेसन शो कस्तो हुन्छ ! ? भन्ने जिज्ञासा मेट्नु । आयोजक पर्पकर्न इन्टरटेनमेन्टले सेभ इन्भारमेन्ट (वातावरण जोगाऔं) भन्ने नारा दिएर जंगलमा फेसन शो गरेको हो । विश्व ग्लोबल वार्मिङको चपेटामा पर्दै गइरहेको छ । त्यसको असरलाई न्यूनीकारण गर्न युवा पुस्तामा फेसनको माध्यमबाट जनचेतना फैलाउने आयोजकको उद्देश्य । फेसनबाट पनि त्यस्तो सन्देश दिन सकिन्छ र ? केही साताअघि जंगलमा फेसन शो गर्ने घोषणा गर्दा आयोजकमाथि यो प्रश्नले निक्कै तेर्सिएको थियो । ‘कार्यक्रमस्थल प्रवेश गर्दा नै थिम अनुसारको स्टेज, वातावरण थियो, आयोजकले केही बयान गर्नै परेन, दर्शकले आफंै बुझिहाल्ने,’ फोटो पत्रकार विकास चाम्लिङले भने ।

उनले आयोजकको प्रशंसा गर्न मात्र यसो भनेका होइनन् । लोकेसनमा मात्र नयाँपन थिएन, प्रस्तुतिमा पनि नयाँपन थियो । फरेष्ट थिममा जब मोडलहरु ¥याम्पमा उत्रिए, तब दर्शकहरु स्तब्ध बने । मानव सभ्यताको विकास ढुंगे युग, कृषि युग, औद्योगिकीकरण हुँदै आधुनिक वर्तमानमा आइपुगेको हो । मोडलहरु एकपछि अर्को यिनै युग झल्काउने पहिरनमा रयाम्पमा उत्रिए । त्यसबेला स्टेजमा जडान गरिएको एलईडी स्क्रिनमा पनि ठ्याक्कै त्यस्तै युग झल्काउने दृश्यहरु प्रसारण गरिएको थियो । टाइमिङ र प्रस्तुतिको नयाँपनले दर्शकलाई सुरुदेखि अन्त्यसम्म स्तब्ध बनाएको थियो । औद्योगिकीकरण र आधुनिक युगमा विश्वले विकास, आधुनिकताको नाममा निम्त्याएको जटिल समस्यालाई पनि मोडलहरु सबैले बुझ्ने गरी प्रस्तुत गरे ।

विकास, आधुनिकताको नाममा प्रकृति, जंगललाई मानिसले विनाश गर्दैछ । त्यसको परिणाम धुवाँधुलो, अस्वस्थ हावाबाट जोगिन अनेकखालको मास्क प्रयोग गर्नु परिरहेको छ । ग्लोबल वार्मिङको समस्यासँग विश्व जुध्नु परिरहेको र मानिसले अकालमा मृत्यु अँगाल्नु परेको छ । मोडलहरुले शब्दले बयान नगरी ¥यामवकबाट प्रष्ट्याए । अन्तमा एक जोडी मोडलले हातमा बिरुवा लिएर ¥यामवकमा आए, जसले वातावरण जोगाउन, रूखबिरुवा रोपेर प्रकृति, पृथ्वीलाई संरक्षण गर्नुपर्ने सन्देश दिए । करिब ७ मिनेटको यो फरेष्ट थिमको प्रस्तुति हेरेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम राई ज्वालाले भने, ‘फेसन शो भनेपछि छोटो लुगा लगाउने भन्ने मात्र बुझाइ छ, तर त्यस्तो मात्र नहुँदो रहेछ । फेसन शोबाट पनि राम्रो सन्देश दिन सकिन्छ भन्ने कुरा मैले बुझे,’ उनले थपे, ‘विश्वकै चुनौती बनेको ग्लोबल वार्मिङले हामीलाई कसरी असर पुगिरहेको छ, अब के गर्नुपर्छ भनेर सन्देश थियो । म त स्तब्ध बने, फेसन शो यति सन्देशमूलक पनि हुँदो रहेछ ।’

फरेष्ट थिमबाहेक शोमा क्याजुअल विन्टर र स्पोर्टस थिममा पनि मोडलहरुले र्यामवक गरेका थिए । कार्यक्रममा मुख्य आकर्षण शो स्टपरको रूपमा पूर्व मिस नेपाल २०१४ सुविन लिम्बूले पनि र्यामवक गरेकी थिइन् भने मिस प्लस टु २०१७ विजेता सिमनर तुलाधर, मिस प्लस टु फष्ट रनरअप विलम राई, मिस एसईई २०१७ निसम लिम्बू, फष्ट रनअप अलिना क्षेत्री, मिस पूर्वाञ्चल फष्ट रनरअप सिमरन श्रेष्ठसहित १० जना जेन्स र १० जना लेडिज मोडलले र्यामवक गरेका थिए । यस्तै, धरान मन्टेस्वरीका बच्चाले साँस्कृतिक, क्याजुअल पहिरनमा मोडलभैंm ¥याम्प वक गरेर दर्शकको मन जिते । आयोजक संस्थाका अध्यक्ष सुमिन आचार्जुले शोबाट नाफा कमाउनु भन्दा पनि ग्लोबल वार्मिङ कम गर्न समाजमा सन्देश दिन सकेकोमा खुसी व्यक्त गरे । मिस्टर धरान २०१७ समेत रहेका आचार्जुले कोरियोग्राफ गरेका थिए भने देवाङ फेसन हाउसका प्रोपाइटर तथा डिजाइनर विलप राईले ड्रेस डिजाइन गरेका थिए । कार्यक्रममा धरान फिटनेस क्लबले जुम्बा, यलम्बर राईले गीत पनि प्रस्तुत गरेका थिए ।




Leave A Comment