सात महिनासम्म समुद्रमा फस्दा

शनिबार, २२ पुष २०७४, १२ : ४२ शुक्रवार
सात महिनासम्म समुद्रमा फस्दा

सात महिनासम्म समुद्रमा अलपत्र एक नाउ र उनको बिरालोको उद्धार गरिएको छ । आन्ध्र महासागर हुँदै सामुद्रिक यात्रामा निस्किएका ५४ वर्षे जिबिगन्यु रकेट डुंगा भाँचिएपछि बिरालो समिरसँगै समुद्रमा फसेका थिए । फ्रेन्च तटीय गार्डहरुले लामो समयपछि उनको उद्धार गरेपछि यस कुरा बाहिर आएको हो । समुद्रमा डुंगा बिग्रेपछि बिरालो नै आफ्नो एकमात्र साथी रहेको बताएका छन् । समुद्रमा फस्दा आफूले समाएका माछाको भरमा बिरालो र बिरालोधनी बाँचेको बताइएको छ । मरिसस नजिकै रहेको एक टापुमा सामूहिक रुपमा क्रिसमस मनाउन हिँडेका युवाहरुले उनीहरुलाई अलपत्र अवस्थामा फेला पारेका थिए ।

रेकेट गत मे महिनामा कोमोरोस टापुबाट दक्षिण अफ्रिकाको यात्रामा निस्कदै थिए तर यात्राको केही समयपछि डुंगा भाँचिन पुग्यो । खासमा रेकेटको डुंगा क्रुज जहाजको लाइफ बोट थियो । २०१४ मा संयुक्त राज्य छाडेपछि भारतको अलाङमा उनले त्यो किनेका थिए । ग्रिन कार्ड भिजा सकिसकेको हुँदा अब उनी फर्कन पाएका छैनन् । त्यसपछि उनी इन्डोनेसियाको जाकर्ता पुगे । जाकर्तामा पनि त्यस्तै अवरोध आएका कारण उनी कोमोरोस टापु पुगेका थिए । कोमोरोस टापुमै रेकेटले समिरा(बिरालो)लाई फेला पारेका थिए । कोमोरोस टापुमा उनले दुई वर्ष बिताए । डुंगालाई मर्मत गराए तर पोल्यान्ड जान पाएनन् । केन्यामा रहेको एम्बेसीलाई गुहार्दासमेत उनको केही लागेन । एम्बेसीले उनलाई एकसय पचास पाउन्ड दिएर पठाइदियो । पोल्यान्ड जान भने दिएन ।

यसरी कानुनी झमेलाको चाङ लागेपछि रेकेटले समिराको साथमा दक्षिण अफ्रिकाको डर्बन जाने योजना बनाए । यही क्रममा नै उनको जहाज भाँचियो । आफ्नो योजनामा सफल भएका भए रेकेटले एक हजार दुई सय माइलको सामुद्रिक यात्रा तय गरिसकेका हुन्थे ।

रेकेटको कुरा सुनेसँगै अधिकारीहरुले रेकेटलाई अनुसन्धानको घेरामा राखेका छन् । उनले आजसम्म पार गरेका यात्राहरुको समेत अनुसन्धान गर्दैछन् । तर ठूलो आँधीले आफ्ना सम्पूर्ण सरसामान बिगारिदिएको रेकेट बताउँछन् । उद्धारकर्मीहरुका अनुसार रेकेट स्वस्थ नै छन् तर उनी केही मात्रामा कुपोषित भएको बताइन्छ । सामाजिक कार्य गर्नेहरुले उनलाई लत्ताकपडा र खानेकुरा दिएका छन् । रेकेटले भनेका छन्, ‘हामी सोमाली तटमा पहिले त्यसपछि माल्दिभ्स र पछि इन्डोनेसियामा फस्यौं फेरि । समुद्रमा फस्दा बेलाबखत मैले जमिन देखेजस्तो त कतिपय अवस्थामा जहाजहरु देखेको अनुभव हुन्थ्यो तर मेरो रेडियोको ब्याट्री बिग्रेका कारण केही गर्न सकिनँ ।’ युरोपेली नागरिकका रुपमा रेकेट फ्रेन्च टापुमा बस्न सक्छन् । यो सम्भाव्यतालाई उनले ठिकै मानेका छन् । रेकेट थप्छन्, ‘म अब सामान्य जीवन जीउन चाहन्छु अनि जागिर गरेर बस्छु ।’

Leave A Comment