मृतक पतिको वीर्य

आइतबार, ०२ साउन २०७३, ०२ : ०१ शुक्रवार , Kathmandu
मृतक पतिको वीर्य

भारतकी एक महिलाले मृतक पतिको वीर्य माग गरेपछि भारतको सरकारी निकाय अन्योलमा परेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक भारतीय व्यक्तिको बाटोमै मृत्यु भएको थियो । पतिको मृत्यु भएपछि पत्नीले अस्पतालसँग पतिको वीर्य माग गरेकी थिइन् । तर, मृतकको वीर्य झिक्ने कानुन अहिलेसम्म भारतमा नबनेकाले अस्पताल र स्वास्थ्य क्षेत्र हेर्ने सरकारी निकाय अहिले के गर्ने भन्ने अन्योलमा छ ।
‘पतिको मृत्यु भएपछि पत्नीले अस्पतालसँग वीर्य माग गरिन् । अहिलेसम्म उनीहरूका सन्तान भएका छैनन् । वीर्यसेचन गराएर सन्तान जन्माउने उनको योजनालाई सासूससुराले समेत समर्थन गरेका छन्,’ समाचारमा भनिएको छ ।
मृतक व्यक्तिको वीर्यमा रहेका शुक्रकीट २४ घण्टासम्म जीवित रहन्छन् । यही शुक्रकीटबाट सन्तान उत्पादन गराउन सकिन्छ । अस्पतालले अहिलेसम्म वीर्य दिने वा नदिने निर्णय नसुनाए पनि श्रीमतीले मृतक पतिको वीर्य पाउने सम्भावना नरहेको समाचारमा उल्लेख छ ।

 

 

Leave A Comment